logo
२०८० चैत्र १५ बिहीवार



ट्रकले विद्यार्थी किचेपछि आन्दोलन चर्कियाे, कोहलपुर अस्तव्यस्त

पढ्नै पर्ने |


ट्रकले विद्यार्थी किचेपछि आन्दोलन चर्कियाे, कोहलपुर अस्तव्यस्त


प्रहरीले गोली चलाउँदा एक विद्यार्थी घाइते: प्रहरी कार्यालय घेराउ

सिराजुद्दिन खान

नेपालगञ्ज, मङ्सिर २२ गते । कोहलपुर वडा नं. १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृती चन्दलाई कोहलपुरबाट नेपालगञ्ज आउँदैै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेपछि शुरु भएको आन्दोलनले कोहलपुर अस्तव्यस्त बनेको छ ।

बाँकेको कोहलपुरमा आइतबार बिहान विद्यालय जाँदै गरेकी ती छात्रालाई ट्रकले किचेर गम्भीर घाइते बनाएपछि शुरु भएको आन्दोलन अझै जारी छ ।

घटनामा विद्यार्थि चन्दको दुबै खुट्टा पुर्ण रुपमा पिल्सीएका छन भने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनापछी आक्रोशित भएका स्थानीय विद्यार्थी तथा अभिभावकहरुले दुर्घटना गर्ने ट्रकलाई जलाएर खरानी बनाईदिएका छन् भने अन्य ४ वटा सवारी साधनमा समेत तोडफोड गरेका छन् ।
उनिहरुले विभिन्न नाराहरु लगाएर प्रदर्शन गर्दै कोहलपुर बजार बन्द गराएर ईलाका प्रहरी कार्यालयको घेराउ समेत गरेका छन् ।

प्रहरी र स्कुले विद्यार्थीहरुबीच कोहलपुरको विभिन्न ठाउँमा झडप र भिडन्त भएको छ । सोही भिडन्तका कारण अहिले कोहलपुर रणभुमिमा परिणत भएको छ । प्रहरीले चलाएको गोली लागी त्रिभुवन मावि कक्षामा ९ मा पढ्ने शुसिल थापा गम्भीर घाइते भएका छन । घाइते थापाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढि हवाई फायर गरेको थियो । सोही क्रममा ती विद्यार्थीलाई रबरको गोली लागेको थियो भने एक दर्जन बढि विद्यार्थी सामान्य घाइते भएका छन । घटनामा आधा दर्जन बढि प्रहरी समेत घाईते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

आन्दोलीत विद्यार्थीहरुले अहिले पनि ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका छन । प्रहरी कार्यालय नै घेराबन्दीमा परेपछि प्रहरीले निरन्तर हवाई फायर गरीरहेको छ ।
ट्रक चालकलाई भने प्रहरीले आन्दोलनकारीबाट बचाएर आफ्नो नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?