logo
२०८० चैत्र १५ बिहीवार



काभ्रेका दुर्गम विद्यालयको पीडा एउटा कोठामै तीन वटा कक्षा !

शिक्षा |
पढ्नै पर्ने |


काभ्रेका दुर्गम विद्यालयको पीडा  एउटा कोठामै तीन वटा कक्षा !



मधुसुधन तिमल्सिना
मङ्सिर २२ गते । सुन्दा अचम्म लाग्न सक्छ । एउटै कोठामा तीन वटा फरक फरक कक्षा सञ्चालन भन्दा तर काभ्रेका दुर्गम भेगमा प्रर्याप्त बिद्यालय भवन नहुँदा एउटै कोठामा तीन वटा कक्षा सम्म सञ्चालन हुँदै आएका छन । भूकम्पका कारण भत्किएका बिद्यालयको पुनः निर्माणमा भएको ढिलाइका कारण जिल्लाका दुर्गम महाभारत र खानीखोला गाउँपालिकामा एउटै कोठामा तीन कक्षा सम्म सञ्चालन हुदैँ आएका हुन ।

महाभारत गाउँपालिका वडा न ३ फोक्सिङटारमा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयले भवन अभाव भएपछि कक्षा २, ३ र ५ लाई एउटै कोठामा राखेर पढाउँदै आइरहेको छ । बिद्यालयका प्रधानध्यापक नानीबाबु भोलनले भवन अभावमा एउटै कोठामा तीन कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । भूकम्पले बिद्यालय भवन भत्किएर कोठा अपुग भएपछि बिद्यालयले एउटै कोठामा तीन कक्षा सञ्चालन गर्दै आएको प्रधानध्यापक भोलनले बताउनुभयो ।

उक्त विद्यालयको कक्षा ५ मा अध्ययनरत छात्रा विनिता घलानले एउटै कोठामा तीन कक्षा सञ्चालन हुँदा पढ्न असहज भएको गुनासो गरिन । हामीलाई पढ्नलाई निक्कै असजिलो भएको छ । पढाएको पनि बुझिदैनन । उनले भनिन । उक्त बिद्यालयको कक्षा २ मा आठ जना, कक्षा ३ मा छ जना र कक्षा ५ मा ११ जना बिद्यार्थी अध्ययन गर्दै आएका छन ।
महाभारत गाउँपालिका वडा न १ गोकुलेको छोटेसानमा रहेको चन्द्रोदय प्राथमिक बिद्यालयले पनि भवन अभाव मै एउटै कोठामा दुई÷दुई कक्षा सञ्चालन गरेको छ ।

विद्यालयका शिक्षक तुलबहादुर प्रधानले शिशु र कक्षा १ लाई एउटा कोठामा, २ र ३ लाई एउटा कोठामा र कक्षा ४ र ५ लाई एउटा कोठामा राखेर पढाउँदै आएको बताउनुभयो । भएका चार कोठा मध्ये एउटामा प्रशासनिक कोठा सञ्चालन छ भने बाँकी तीन कोठा कक्षा सञ्चालनमा रहेका छन । शिक्षक प्रधानले आठ बर्ष देखी एउटा कोठामा दुई/दुई कक्षा सञ्चालन गर्दै आएको बताउनुभयो ।

यी त केही प्रतिनिधि पात्र मात्र हुन सडक नपुगेका कारण विद्यालय भवन बनाउन परेका बजेट पनि फिर्ता हुने गरेका छन । यहाँका विद्यालयमा विद्यार्थी संख्या अत्याधिक भएता पनि भवन अभावमा एउटै कोठामा तीन कक्षा सम्म सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकारण जिल्ला आयोजना कार्यालयले भवन निर्माणलाई तीव्रता दिएको भएपनि विद्यार्थी अनुपातमा भवन बनिनसक्दा महाभारत र खानीखोला गाउँपालिकाका बिद्यार्थी यसरी नै पढन बाध्य हुँदै आएको स्थानीयले गुनासो गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?