logo
२०८१ बैशाख ८ शनिवार



भ्रमण वर्षलाई पत्रकार नोयलले सहयोग गर्ने

खुला |


भ्रमण वर्षलाई पत्रकार नोयलले सहयोग गर्ने


काठमाडौँ, मङ्सिर २२ गते । क्रिस्टोफर फाउण्डेशन नामक संस्थाले भ्रमण वर्ष–२०२० सफल बनाउन सहयोग गर्ने भएको छ । फाउण्डेशनद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष क्रिस्टोफर नोयलले भ्रमण वर्षमा नेपालमा २० लाख पर्यटक भित्र््याउन सरकारलाई सहयोग गर्ने जानकारी दिनुभयो । अन्तरराष्ट्रिय क्षेत्रमा मिडिया रिलेशनसीपमा सो संस्था स्थापना भएको हो । संस्थाका अध्यक्ष नोयल अमेरिकन लेखक तथा पत्रकार हुनुहुन्छ । सो अवसरमा उहाँले आफूले नेपालका प्राकृतिक सुन्दरता, हिमालको अध्ययन तथा अनुसन्धान गरेको अनुभव सुनाउँदै नेपाल भ्रमण वर्षमा धेरै पर्यटक भित्र्याउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “अगामी दिनमा नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्नुपर्छ । हिमालका बारेमा थप प्रचारप्रसारको खाँचो रहेको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?