logo
२०८० चैत्र १६ शुक्रवार



पाँचखालस्थित बिशेष आर्थिक क्षेत्रको अर्थमन्त्रीद्वारा अवलोकन

अर्थ |


पाँचखालस्थित बिशेष आर्थिक क्षेत्रको अर्थमन्त्रीद्वारा अवलोकन


मधुसुधन तिमल्सिना
काभे्र, मङ्सिर २१ गते । पाँचखाल नगरपालिका वडा न ७ र ८ मा निर्माण भइरहेको बिशेष आर्थिक क्षेत्र (सेज) को अवलोकन गर्न अर्थमन्त्री युवराज खतिवडा पाँचखाल आउनुभएको छ । शनिवार अवलोकन गर्न आउनुभएको अर्थमन्त्री खतिवडाले चाँडो काम सकेर सञ्चालनमा ल्याउन सरकार लागि परेको बताउनुहुँदै रकम अभावका कारण काम नरोकिने प्रतिवद्धता जनाउनुभएको थियो ।
मन्त्री खतिवडाले भौतिक संरचना निर्माणको जिम्मा पाएको कम्पनिलाई निर्देशन दिँदै भन्नुभयो रकमका कारण काम नरोक्नुहोस् । रकम निकासामा समस्या भए आफूलाई जानकारी गराउन निर्देशन दिनुहुँदै राम्रो काम गर्न र समय मै सक्न आग्रह गर्नुभएको थियो ।
मन्त्री खतिवडाले निर्माणाधिन प्रशासनिक भवन, पर्खाल तथा जग्गा लगायतका विषयमा जानकारी लिनुभएको नेकपाका स्थानीय नेता कञ्चन अधिकारीले जानकारी दिनुभयो । अर्थमन्त्री खतिवडाले पाँचखालमा बन्न लागेको मदन भण्डारी विश्वबिद्यालय, अरनिको राजमार्ग विस्तार, औद्योगिक क्षेत्र निर्माण लगायतका काम चाँडै अगाडि बढाउने बताउनुभएको थियो ।
सेजको काम भइरहेको उक्त क्षेत्रका पर्खालको काम सकिने लागेको छ भने भवनको मुख्य संरचनाको काम भईरहेको छ । करिब १६ करोडको लागतमा सेजको पर्खाल र भवन बनिरहेको आयोजनाले जानकारी दिएको छ । अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा लगायतले अवलोकन गर्नुभएको थियो । पाँचखाल सेजको अवलोकन पश्चात अर्थमन्त्री खतिवडा अरनिको राजमार्ग अवलोकन गर्न तातोपानी जानुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?