logo
२०८१ बैशाख ८ शनिवार



दुर्घटनामा दुईको मृत्यु

खुला |


दुर्घटनामा दुईको मृत्यु


सर्लाही, मङ्सिर २० गते । सर्लाहीको बेग्लाबेग्लै स्थानमा बिहिवार राती भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

नवलपुर–मलङ्गवा सडक स्थित कविलासी नगरपालिका–८ मा बाराबाट गढिमाई मेला भरेर फर्कदै गरेको ट्याक्टरबाट खसेर एक भारतीय नागरिकको मृत्यु भएको छ । बीआर ३० बी ३८६० नम्वरको ट्याक्टरबाट खसेर भारतको सितामढी जिल्ला कनौली थाना भाडसर बस्ने ३० वर्षीय पप्पु पासवानको मृत्यु भएको हो ।

यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–१ तेलबाली अगाडि नम्वर नखुलेको सवारीको ठक्करबाट पहिचान नखुलेको एक पुरुषको मृत्यु भएको छ । दुर्घटनामा तराई मुलको जस्तो देखिने अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी नवलपुर–मलङ्गवा सडक स्थित मलङ्गवा नगरपालिका–११ गम्हरिया चोकमा डीआर ४ सीआर ७६१७ नम्वरको स्कारपियो पल्टिँदा कविलासी नगरपालिका–८ का २७ वर्षीय राकेश मिश्र घाईते हुनु भएको छ । उहाँलाई जिल्ला अस्पताल मलङ्गवामा उपचार गरी वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै बरहथवा–मधुवनी सडक स्थित गोडैता नगरपालिका–१२ मधुवनी गाउँमा भारतीय कार पल्टिँदा एक भारतीय नागरिक घाईते हुनु भएको छ । बीआर ०६ सीसी ५४२५ नम्वरको कार आफै अनियन्त्रित भएर पल्टिँदा घाईते हुनु भएका भारतको सितामढी बस्ने २५ वर्षीय रितेश सिंहको भारतकै मेजरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?