logo
२०८१ बैशाख १३ बिहीवार



फुकोट कर्णाली जलविद्युत बन्ने भएपछि स्थानीय हर्षित

अर्थ |


फुकोट कर्णाली जलविद्युत बन्ने भएपछि स्थानीय हर्षित


पुष्पराज भट्टराई
मान्म, मङ्सिर १६ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं ८ का ६७ बर्षीय रामनाथ बराल फुकोट कर्णाली जलविद्युत बन्ने भएपछि हर्षित हुनुहुन्छ । वर्षाैपछि कर्णाली नदीबाट बत्ती बल्ने भएपछि उहाँ खुशी देखिनुभएको हो ।
उहाँले भन्नुभयो, हाम्रो परिवार पाल्ने खेत दिन हामी तयार छौ, राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले हाम्रो ब्यवस्थापन गरिदिनु पर्छ । उहाँमात्र होइन रास्कोट नगरपालिकाकै दुर्गप्रसाद बरालको मुहारमा पनि खुशी छाएको छ । उहाँले हामी भारतमा गएर पनि कमाएर खान सक्छौ जनताको घरमा बिजुली बल्छ भने खुसी छौ, उहाँले भन्नुभयो । उहाँहरू मात्र होइनन् फुकोट कर्णाली जलविद्युत बन्ने भएपछि कालिकोटका स्थानीय नागरिक खुशी देखिएका छन् ।
सोमबार फुकोट कर्णाली जलविद्युत प्रभाबित क्षेत्रका जनसमुदायसंग मन्त्री कार्यक्रममा बोल्दै संघीय सरकारका ऊर्जा तथा जलस्रोत मन्त्री बर्षमान पुनले विभिन्न समयमा भएका आन्दोलनमा कालीकोटको अग्रणी भूमिका खेलेकाले कालीकोटको बिकासका लागि सरकार लागि दावी गर्नुभयो । उहाँले समग्र कर्णालीको बिकासका लागि कर्णालीका छालछालमा बिद्युत आयोजनाहरु निर्माण गरिने बताउनुभयो । उहाँले ४८० मेगावाट बिद्युत क्षमता बोकेको फुकोट कर्णाली जलविद्युतको आगामी चैतभित्रमा अध्ययन गरी काम सुरू गर्ने दावी गर्नुभयो ।
कालीकोटमा निर्माण हुने आयोजनाले समग्र कर्णालीको बिकास गर्ने भएकोले नेपाल सरकारले नेपालको पानी जनताको लगानी भनी आयोजना निर्माण गरिरहेको मन्त्री पुनले बताउनुभयो । एक दिन मात्र काम रोकियो भने फुकोट जलविद्युत आयोजनाबाट ५ करोड रकम बराबर खेर गइरहेको भन्दै उहाँले जतिभन्दा छिटो आयोजना निर्माण गरिछाड्ने प्रतिवद्धता जनाउनुभयो ।
आयोजना निर्माण भएमा २५ प्रतिशत कर्णाली प्रदेशलाई र २५ प्रतिशत कालीकोटका जनतालाई रोयल्टी प्राप्त हुने भएकाले कामका लागि सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्री पुलने जलविद्युत आयोजना प्रभावित क्षेत्रका नागरिकलाई ब्यस्थापनका लागि मुआब्जा पनि बितरण गरिने बताउनुभयो ।
यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो आयोजनालाई छिटो भन्दा छिटो सम्पन्न गरिसक्ने बताउनुभयो । यो आयोजना निर्माण गर्दा सबैको साझा आबश्यकता भएको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?