logo
२०८१ बैशाख १२ बुधवार



प्रधानमन्त्रीद्वारा माथिल्लो त्रिशूली थ्री ‘ए’ उद्घाटन

अर्थ |
पढ्नै पर्ने |


प्रधानमन्त्रीद्वारा माथिल्लो त्रिशूली थ्री ‘ए’ उद्घाटन
तस्बिरः सागर बस्नेत


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सीर २ गते । नेपाल बिद्युत प्राधिकरणले समयमै काम गर्न नसकेको भनेर आरोप खेप्दै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ को सोमबार औपचारिक उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट स्वीच थिचि माथिल्लो त्रिशूली थ्री ‘ए’ को औपचारिक उद्घाटन गर्नुभएको हो ।
गत चैतदेखि परीक्षणका रुपमा नियमित विद्युत् उत्पादन शुरु गरेको सो आयोजनाको सोमबार औपचारिकरूपमा उद्घाटन भएको हो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माथिल्लो त्रिशुली थ्री ए उद्घटान हुनु भनेको निक्कै खुसीको कुरा रहेको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले त्रिशुली थ्री ए राष्ट्रिय प्रशारण लाईनमा थपिएसँगै विद्युतको सेवा नेपाली नागरिकहरुले धेरै पाउनु हुने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले देशलाई चौतर्फी विकास गराउने कार्यमा आफूहरु कृयाशिल रहेको बताउनु भएको छ । हामीले अब २र/३ बर्षमा अति गरिब देशवाट माथि उठ्ने बताउनु भएको छ । उहाले अबको १०÷१२ बर्षमा जनताले पाउनु पर्ने अधिकार र सेवा दिएर मध्यम आय भएको देशको रुपमा विकास गर्न सकिने बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले गरिबी निवारण गर्ने रोजगारी बढाउने आयत प्रतिस्थापन गर्ने र निर्यात बढाउने काम गर्ने कार्यमा सरकार कृयाशिल रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले आत्मनिर्भर अर्थतन्त्र भएको देशको रुपमा विकास गराउने कार्यमा लागेको बताउनु भयो । उहाँले गरिब नभएको देश र सबैको घर भएको देश भएको बताउनु भएको छ । उहाँले शुसासन सुव्यवस्था कायम गराउने बताउनु भयो । उहाँले तिव्र रुपमा बाटो, रेल र पानीको मार्गहरुको विकास गराउने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले अब बन्ने सडकहरु बलिया र डबल लेनको बन्ने बताउनु भयो । उहाँले सडकहरुमा दुर्घटनाकोकमm जोखिम भएका सडकहरु बन्ने बताउनु भयो । नेपालका सबै क्षेत्रमा सडक,विद्युत र संचारको स.ञ्जालवाट जोडिने प्रधानमन्त्री ओलीले बताउनु भयो ।
उहाँले जनताले समेत आफूले कर तिर्ने समयमा जग्गा जमिनको सकेसम्म कम कर तिर्ने र सरकारले मुआब्जाको धेरै देखाएर अवरोध गर्दा राष्ट्रिय आयोजनाहरुमा असर पारेको बताउनु भएको छ । यो आयोजना समेत ९० मेगावाटको बन्ने अवस्थामा यस्तै कारणले ६० मेगावाट मात्रै बनेको बताउनु भयो । उहाँले नेपाल नेपालीले बनाउने बताउनु भएको छ ।
आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशतको योगदान रहेको छ । लागत रु १२ अर्ब ६० करोड ९१२ करोड ५८ लाख डलर० रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।
इञ्जिनीयरिङ, खरिद र निर्माण (इपिसी) ढाँचामा विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्ने गरी चिनियाँ कम्पनी गेजुवासँग २०६७ साल जेठ १४ गते ठेक्का सम्झौता भएको थियो ।
आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?