logo
२०८० चैत्र १६ शुक्रवार



हत्या गर्ने दुई अभियुक्त सार्वजनिक

राष्ट्रिय |


हत्या गर्ने दुई अभियुक्त सार्वजनिक


तिलाचन पाण्डे

तम्घास कात्तिक २९ गते । गुल्मीमा प्रहरीले तीन जनाको हत्या गर्ने हत्यारा सार्वजनिक गरेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा १५ दिन पहिले बेवारिसे अवस्थामा फेला परेका तीन वटा शवको पहिचानसँगै हत्यारा सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रबार पत्रकार भेटघाटको आयोजना गरेर बेवारिसे शवको पहिचाह र हत्या गर्ने हत्यारालाई सार्वजनिक गरेको छ । हत्यारामा संलग्न बागलुङको गल्कोट नगरपालिका–८ ज्यामिरे बस्ने ४६ वर्षिय पूर्ण बहादुर सुनार र १९ वर्षिय माधव सुनारलाई सार्वजनिक गरेको छ । अन्य एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी)राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।

कार्तिक १६ गते शनिबार बेवारिसे अवस्थामा फेला परेको शवको हत्यारा पक्राउ परेसँगै पहिचान भएको हो । हत्या हुनेहरुमा मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका– ३ हरकपुर घर भइ हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षिय सरिता भन्ने शिबमाया लिम्बु र उनका सात वर्षिय जुम्लाह छोरी गंंगा र जमुना रहेको प्रहरीले सार्वजनिक गरेको छ ।

दुई बालिकाको निर्ममतापूर्वक हत्या गरिएको घटनाका अभियुक्त दुईजनालाई प्रहरीले पोखरा महानगरपालिका २५ हेम्जाबाट डेरामा बसिरहेको अवस्थामा पक्राउ गरेको थियो । सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

फेला परेका तीन वटा शबलाई पोष्ट मार्टमपछि गुल्मी अस्पतालमा पछिसम्म राख्न समस्या भएपछि पाल्पा जिल्ला अस्पतालमा राखिएको थियो । शवको पहिचान पछि पोष्टमार्टम पछि परिवारका आफन्तलाई बुझाइने प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।

हत्या गर्नुको मुख्य कारण कर्तव्य गरी मारेको प्रहरीले खुलाएको छ । तीन जनाको निर्ममतापूर्वक हत्या गरि कच्ची सडकबाट चार मिटर पर बेवारिसे अवस्थामा शव फेला परेको थियो । सार्बजनिक गरिएका दुई जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान गरिहरको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?