logo
२०८१ बैशाख ४ मंगलवार



नाच्ने क्रममा लडेर युवकको मृत्यु

प्रदेश |


नाच्ने क्रममा लडेर युवकको मृत्यु


रौतहट, कार्तिक २५ गते । रौतहटमा डिजेबाजामा नृत्य गर्ने एक डान्सरको मृत्यु भएको छ ।
जिल्लाको माधवनारायण नगरपालिका ४ सखुआबा बस्ने जलेश्वर सहनीको २० वर्षका छोरा रूप सहनीको गएराति लडेर ज्यान गएको हो ।
आईतबार राति गरुडा नगरपालिका ५ शिवनगर स्थित बिहेको अवसरमा ना ३ च ८९०१ नम्बरको पीकअपमा लोड भएको डिजे बाजामा सहनी डान्स गरिरहनुभएको थियो । त्यही क्रममा चालकले एक्कासी पीकअपलाई अगाडी बढाउँदा डान्स गरिरहेको सहनीको नजिकै रहेको रुखको हागामा ठोक्किएर लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पीकअप गरुडा नगरपालिका ५ शिवनगरका शिव मंगल साह सोनारको रहेको जनाईएको छ । ईलाका प्रहरी कार्यालय शिवनगरले उक्त पीकअपलाई नियन्त्रणमा लिएको छ भने र मृतक सहनीको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?