logo
२०८० चैत्र १५ बिहीवार



पाटनका चौरी लिमीमा आईपुगे

पढ्नै पर्ने |


पाटनका चौरी लिमीमा आईपुगे


राजन रावत

सिमकोट कात्तिक २५ गते । चार हजार आठ सय मिटर अग्ला पाटनबाट चौरी गाईहरु हिमालपारीको गाउँ लिमीमा आईपुगेका छन् ।

अग्ला पाटनमा लगिएका चौरी गाईलाई पाटनमा चिसो बढेपछि तीन हजार पाँच मिटर अग्लो गाउँ लिमीमा ल्याइएका हुन् । लाप्चा लेकमा गत जेठमा लगिएका चौरी गाईलाई चिसो बढेपछि गाउँमा सारिएको हल्जी गाउँ झारिएका छन् । गत जेठमा दुई सय भन्दा बढी चौरी गाई तथा तीन सय भन्दा बढी झोपा र जुमा लगिएको थियो । त्यो सँगै पचास वटा बाच्छा पनि गाउँमा आई पुगेका छन् । पाँच महिनासम्म चौरी खर्कैमा बसेका हेरालुहरु पनि गाउँमा आई पुगेका छन् । अग्ला हिमालमा हिउँ पर्न सुरु भएपछि तामाङले बताउनु भयो ।

चौरी गाईका बथान गाउँमा आईपुगेपछि अर्कै किसिमको रमाईलो हुने गरेको छ । लिमीका तीन वटै गाउँ तील, हल्जी र जाङका चौरी गाईहरु गाउँ पुगेका छन् । त्यति मात्र होइन चौरी श्रोत केन्द्रका साठी वटा चौरी गाई पनि तुम्लिङमा ल्याईएको छ ।

करिब पाँच महिना लाप्चा लेकको पाटनमा राखिएका चौरी गाईलाई लिमी गाउँमा अब आगामी बैशाख महिनासम्म राखिनेछ । अहिले चौरी मात्र होइन घ्यु, छुर्पी, चिज पनि ल्याइएको छ । अब घ्यु र छुर्पी सिमकोटसम्म बिक्रीका लागि ल्याईने लिमीका स्थानीय तेण्डाप तामाङले भनाई छ । तीनै गाउँका स्थानीयले चौरी गाईको भव्य स्वागत गर्नु भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?