logo
२०८१ बैशाख ७ शुक्रवार



डा. केसीकाे हेलिकोप्टरमा काठमाडाैं नजाने अडान

पढ्नै पर्ने |


डा. केसीकाे हेलिकोप्टरमा काठमाडाैं नजाने अडान


प्रकाशविक्रम शाह/मानबहादुर साउद

धनगढी । स्वास्थ्य क्षेत्रमा सुधार हुनुपर्ने माग राख्दै आठ दिनदेखि डडेल्धुरामा अनशनरत डा. गोविन्द केसीले हेलिकोप्टरबाट काठमाडौ जान मान्नु भएको छैन । डा . केसी र उहाँका समर्थकले माग पूरा नभएसम्म उपचारका लागि काठमाडौं नजाने अडान राखेका राख्नुभएकाे छ। उहाँलाई काठमाडौं लैजान नेपाली सेनाको हेलिकोप्टर सोमबार विहान डडेलधुरा पुगेको थियाे

डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले डा. केसीलाई हेलिकोप्टरमा काठमाडौं लैजाने विषयमा जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बोलाउनु भए पनि सफल हुन सकेन । सुदूरपश्चिम प्रदशेका मुख्यमन्त्री त्रिलोचन भट्टले समेत बैठकमा फोन मार्फत सम्वोधन गरेर डा. केसीलाई काठमाडौं लैजाने वातावरण बनाउन आग्रह गर्नुभएको थियो ।

डडेल्धुरा अस्पतालले विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको जानकारी दिए पछि सरकारले हेलिकोप्टरमार्फत डा. केसीलाई काठमाडौं लैजान खोजेको थियो । उहाँको स्वासप्रश्वासमा समस्या देखिएको छ भने शरीरमा सुगरको मात्रा पनि निक्कै कम भएको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले गृह मन्त्रालयको आदेशपछि थप पहल गरिने बताउनु भएको छ । गृहले के भन्छ त्यसपछि मात्र हेलिकोप्टर फिर्ता गर्ने वा नगर्ने भन्ने टुंगो लाग्छ उहाँले बताउनुभयो । उहाँले डा. केसीलाई भेटेर समेत अनशन छोडेर हेलिकोप्टरमा काठमाडौ जान आग्रह गर्ने बताउनुभयो ।

सोमबार बिहानैदेखि अस्पतालमा पुगेर केसीलाई अनशन छोड्न र काठमाडौं जान आग्रह गरिएको भए पनि डा. केसीले काठमाडौ जान मान्नुभएन । उहाँले डडेल्धुरा नछोड्ने अडान लिनुभएको छ । डा केसीका समर्थकले पनि उहाँलाई स्थानान्तरण गर्न नहुने बताउँदै डडेल्धुरा बजार क्षेत्रमा पनि प्रदर्शन गरिरहेका छन् । डा. केसीको सर्मथनमा बजार पनि बन्द गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?