logo
२०८१ बैशाख ८ शनिवार



रुप ज्योतिको गिरफ्तारीमा नेपाल चेम्बर अफ कर्मसकाे आपत्ति

अर्थ |


रुप ज्योतिको गिरफ्तारीमा नेपाल चेम्बर अफ कर्मसकाे आपत्ति


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २२ गते । उद्योगपति रुप ज्योतिको गिरफ्तारीलाई लिएर नेपाल चेम्बर अफ कर्मसले आपत्ति जनाएको छ ।
शुक्रबार महानिर्देशक कैलाशकुमार बजिमयद्वारा प्रकाशित विज्ञप्तिमा कुनै पनि अपराध प्रमाणित नभएको अवस्थामा विदेश भ्रमणबाट स्वदेश फिर्ता भइरहेको अवस्थामा छोरी सूरुचिसहित पक्राउ पर्नाले मर्माहत भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कानुन परिपालनका क्रममा निजी क्षेत्रका उद्यमी, व्यवसासीलाई सम्मानजनक व्यवहार होस् भनेर चेम्बर अफ कर्मशले सम्बन्धित निकायसँग विशेष अनुरोध र आग्रह गर्दछु ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?