logo
२०८० चैत्र १५ बिहीवार



उद्योगपति रुप ज्योति पक्राउ, तीन करोड ठगीको आरोप

अर्थ |


उद्योगपति रुप ज्योति पक्राउ, तीन करोड ठगीको आरोप


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २१ गते । प्रहरीले उद्योगपति रुप ज्योतिलाई पक्राउ गरेको छ ।
उहाँलाई तीन करोड रुपियाँ ठगी मुद्दामा अदालतको आदेशमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरीएको महानगरी प्रहरी परीसर टेकुका एसपी उत्तमराज सुवेदीले बताउनुभयो ।
उहाँलाई हाउजिङ कम्पनीसँगको कारोबारमा ठगीको आरोपमा विहीबार साँझ विदेश भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर टेकुले गत वर्ष उहाँ विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । नेपालका प्रख्यात उद्योगपति तथा ज्योति समूहमा उपाध्यक्ष रुप ज्योति विरुद्ध विकेन्द्रकृष्ण मल्लले ठगीको आरोपमा मुद्दा दायर गर्नुभएको थियो ।
मल्ले आफूले बाँसबारी, बुढानीलकण्ठमा घरहरु खरिदका लागि ल्यान्डमार्क डेभलपर प्रा.लीकका लागि करीब तीन करोड रुपियाँ विभिन्न समयमा दिएको र सो रकम फिर्ता नगरेको आरोप छ ।
प्रहरीको पक्राउपूर्जी विरुद्ध ज्योतिले सर्वोच्चमा रिट दायर गरेका कारण प्रहरीले गतहप्ता उहाँलाई पक्राउ गर्न सकेको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?