logo
२०८० चैत्र १५ बिहीवार



सुनको भाउ बढ्यो

अर्थ |


सुनको भाउ बढ्यो


काठमाडौं, कात्तिक २१ गते । साताको पाँचौ दिन बिहिबार सुनको मूल्यमा बृद्धि भएको छ । आइतबारबाट निरन्तर ओरालो लागेको सुनको मुल्य बिहिबार पुन उकालो लागेको हो ।

बिहिबार छापावाल प्रतितोला ७० हजार छ सयमा कारोबार भैरहेको छ । त्यस्तै तेजाबी सुन ७० हजार तीन सयमा कारोबार भैरहेको छ ।

बुधवार छापावाल सुन प्रतितोला ७० हजार दुई सय, तेजावी सुन तोलाको ६९ हजार नौ सयमा कारोबार भएको थियो । । बिहिबार आठ सय ५० रुपैयामा कारोबार भैरहेको छ । बुधबार चादी प्रतितोला आठ सय ४५ मा कारोबार भैरहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?