logo
२०८० चैत्र १५ बिहीवार



सोमबार ह्वात्तै घट्यो सुनको मूल्य

अर्थ |
पढ्नै पर्ने |


सोमबार ह्वात्तै घट्यो सुनको मूल्य


गोरखापत्र अनलाइन

काठमाडौं, कातिक १८ गते । साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । 

आइतबार एक तोला छापावाल सुन ७१ हजार दुई सयमा कारोबार भैरहेकोमा सोमबार छापावाला सुनको मूल्यमा गिरावट आएको हो । सोमबार ७१ हजार सुनको कारोबार भैरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला ७१ हजार तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाला र तेजावी सुनमा प्रतितोला दुई सयले गिरावट आएको हो । सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबारदेखिनै चादीको मूल्य स्थिर रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?