logo
२०८० चैत्र १६ शुक्रवार



फिलिपिन्समा शक्तिशाली भूकम्प

अन्तर्राष्ट्रिय |


फिलिपिन्समा शक्तिशाली भूकम्प



मनिला, कात्तिक १२ गते ।दक्षिण फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पका कारण दुई व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति घाइते भएका अधिकारीहरुले बताएका छन् । 

भूकम्प धक्का कतिपय स्थानमा एक मिनेटसम्म अनुभव गरिएको थियो । भूकम्पबाट सर्वसाधारणका घरहरुका साथै ठुल्ठूला भवनहरु र स्कुलका कक्षाकोठाहरुमा क्षति पुगेको छ ।
फिलिपिन्समा वर्षैभरि पटकपटक भूकम्प जाने गरेको छ । यहाँ बर्सेनि भूकम्पका कारण जनधनको क्षति हुने गरेको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार यो भूकम्प ६.६ म्याग्नीच्यूडको थियो । यसलगत्तै अरु ५.८ म्याग्नीच्यूडको परकम्प जानुका साथै अरु ससाना परकम्पहरु पनि गएका थिए । पटकपटक परकम्प गएका कारण स्थानीयवासीमा तनाव सिर्जना भएको थियो । मानिसहरु पुनः शक्तिशाली भूकम्प आउने भयका कारण घरभित्र जान समेत डराएका थिए । भूकम्पका कारण स्थानीय प्रशासनले स्कुलहरु बन्द गराएको छ ।
दुई साताअघि पनि फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै दर्जनौं भवनमा क्षति पुगेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?