logo
२०८१ बैशाख ८ शनिवार



अनुगमन गर्ने हल्लापछि बजार बन्द

अर्थ |


अनुगमन गर्ने हल्लापछि बजार बन्द


कलैया समाचारदाता

बारा, भदौ ३१ गते । स्थानीय प्रशासनले बजारमा अनुगमन गर्ने हल्लासँगै बारा जिल्लाको महागढीमाई नगरपालिकाको गञ्जभवानीपुर बजार बिहानैदेखि बन्द रहेको छ । बजारमा राजस्व छलेर भिœयाइएको सामान तथा गुणस्तरहीन सामान खुलेआम बिक्री वितरण भइरहेको सम्बन्धमा स्थानीय प्रशासनले अनुगमन गर्ने हल्ला चलेसँगै व्यवसायीले बजार बन्द आफै गरेको प्रहरी चौकी गञ्जभवानीपुरका प्रहरी नायब निरीक्षक विक्रम गिरीले बताउनुभयो ।
गञ्जभवानीपुरमा सञ्चालित पसल पान र भ्याटमा दर्ता नभएको, सेवाग्राहीलाई बिल नदिने र सरकारको राजस्वसमेत छल्ने तथा गुणस्तरहीन सामान विक्री गर्ने प्रचलन बढ्दै गएपछि स्थानीय प्रशासनले बाराको कलैया बरियारपुर, कोल्हवी–निजगढ लगायतका बजारमा अनुगमन गर्ने कामलाई तीव्रता दिएसँगै गञ्जभवानपुरमा समेत अनुगमन हुने हल्लैहल्लाले बजार बन्द भएको स्थानीय सोनालाल कुशवाहाले जानकारी दिनुभयो ।
साताको दुई दिन सोमबार तथा शुक्रबार गञ्जभवानीपुरमा हाट बजार लाग्ने र बजारकै दिन पसल बन्द हुँदा उपभोक्ता मर्कामा पर्ने भन्दै स्थानीय उद्योग वाणिज्य सङ्घका अध्यक्ष रुस्तम अन्सारी सहितको पदाधिकारीको टोलीले बन्द भएको पसल खोल्न आग्रह गरेका छन् ।
यता चाडपर्वका बेला वर्षभरिका अखाद्य तथा म्याद समाप्त भएका समान खुलेआम बजारमा बिक्री वितरण भइरहेको सूचना प्राप्त भएपछि प्रशासनले बजारमा अनुगमन तथा निरीक्षण गर्न उद्योग वाणिज्य सङ्घ तथा बजार उपभोक्ता मञ्चको पहलमा अनुगमन कार्यलाई अगाडि बढाएको जिल्ला प्रशासन कार्यालयका सूचना तथा प्रशासकीय अधिकृत मुरारी कार्कीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?