logo
२०८१ बैशाख १२ बुधवार



हुम्ला आउने खाद्यान्न केरुङ नाका पुग्यो !

अर्थ |


हुम्ला आउने खाद्यान्न केरुङ नाका पुग्यो !


राजन रावत,

सिमकोट भदौ ८ गते । नेपाल खाद्य संस्थानद्धारा अघिल्लो आर्थिक बर्षमा हुम्ला जिल्लाका थपेको खाद्यान्न काठमाडौंबाट तिब्बत पैदल मार्गबाट आउने खाद्यान्न केरुङ नाका पुगेको छ । गत जेठ जिल्लाको माग अनुसार थप भएको खाद्यान्न तिब्बतको बाटो हुँदै लिन प्रक्रिया मिलाउनु परेपछि बल्ल काठमाडौंबाट केरुङ पुगेर हुम्ला आउन लागेको हो ।

हुम्लाका लागि पाँच हजार पाँच सय क्वीन्टल खाद्यान्न केरुङ पुगेको संस्थानको सिमकोट शाखाका प्रमुख राम बहादुर बिष्टले बताउनुभयो । दुई दिनमा केरुङबाट खाद्यान्न हिल्साका लागि आउने र तत्कालै सिमकोट पुग्ने उहाँले बताउनुभयो । आर्थिक बर्ष ०७५/०७६ मा जिल्लाको थप कोटाको खाद्यान्न माग अनुसार संस्थानको प्रधान कार्यालयले पाँच हजार पाँच सय क्वीन्टल खाद्यान्न काठमाडौं देखि केरुङ नाकाबाट ढुवानी गर्ने गरि स्वीकृत दिएको थियो । उक्त खाद्यान्न पैदल मार्ग अन्र्तगतको खाद्यान्न हो ।

खाद्यान्न ढुवानीको जिम्मा असारमै परेपनि तिब्बती बाटो हुँदै खाद्यान्न ढुवानी गर्ने प्रकृया मिलाउन लामै समय लागेको सप्लालयर्स कम्पनीले जनाएको छ । अब सबै प्रक्रिया मिलेर खाद्यान्न केरुङ पुगेको र जति सक्दो चाँडो उक्त खाद्यान्न सिमकोट पुर्याईले कम्पनीले जनाएको छ ।

सस्तोमा हुम्ला पुग्ने भयो खाद्यान्न

हवाई मार्ग भन्दा काठमाडौं, केरुङहुँदै तिब्बती मार्ग र हिल्सा देखि याल्वाङबाट सिमकोटसम्म ढुवानी भएर आउने खाद्यान्न हवाई मार्ग भन्दा सस्तो हुने भएको छ । अब केरुङ मार्गबाट ढुवानी भएर आउने खाद्यान्न प्रतिकेजी ८४ दशमलव ९५ रुपियाँ पर्ने प्रमुख बिष्टले बताउनुभयो । जब कि सोही खाद्यान्न नेपालगंजबाट सिमकोट हवाई मागृबाट ढुवानी गर्दा प्रति केजी ११५ रुपियाँ पर्ने गरेको छ । यसबाट राज्यलाई ३० रुपियाँ व्ययभार कम हुनेछ ।

हाल केरुङबाट हिल्सा आउने जम्मा खाद्यान्न मध्य चार हजार क्वीन्टल सिमकोट शाखाका लागि ढुवानी हुनेछ भने एक हजार पाँच सय क्वीन्टल नाम्खा गाउँपालिकाको याल्वाङ बिक्री केन्द्रका लागि ढुवानी हुने उहाँले बताउनुभयो । याल्वाङ बिक्री केन्द्रको खाधन्न झन प्रतिकेजी ४३ रुपियाँमा मात्र ढुवानी हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?