logo
२०८१ बैशाख ८ शनिवार



अफ्रिदीलाई ‘आईसीसी क्रिकेटर अफ दि इयर’ अवार्ड

क्रिकेट |
खेलकुद |


अफ्रिदीलाई ‘आईसीसी क्रिकेटर अफ दि इयर’ अवार्ड


काठमाडौँ, माघ १० गते । पाकिस्तानका तिब्र गतिका बलर शाहिन शाह अफ्रिदीले सन् २०२१ को आईसीसी क्रिकेटर अफ दि इयर अवार्ड जित्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार पुरुषतर्फ अफ्रिदीलाई ‘क्रिकेटर प्लेयर अफ दि इयर’ अवार्ड प्रदान गर्ने घोषणा गरेको हो ।

यस अवार्ड जित्ने अफ्रिदी पहिलो पाकिस्तानी खेलाडी बन्नुभएको छ । अफ्रिदीले गतबर्ष ३६ अन्तर्राष्ट्रिय खेलमा ७८ विकेट लिनुभएको थियो । यसैगरी आईसीसीले पाकिस्तानकै कप्तान बाबर आजमलाई आईसिसी एकदीवसिय ‘क्रिकेटर अफ दि इयर’ अवार्ड प्रदान गर्ने घोषणा गरेको छ । बाबरले सन् २०२१ मा ६ एकदिवसीय खेल खेल्दै ६७.५० को औसतमा चार सय पाँच रन बनाउनुभएको थियो ।

आईसीसीले टेस्ट क्रिकेटर अफ दि इयर’ अवार्ड इङ्लिस टेस्ट टोलीका कप्तान जो रुटलाई प्रदान गर्ने घोषणा गरेको छ । रुटले गतबर्ष १५ टेस्ट खेल्दै एक हजार सात सय आठ रन बनाउनुभएको थियो । उहाँले बलिङमा १४ विकेट पनि लिनुभएको थियो । एजेन्सी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?