logo
२०८१ बैशाख ७ शुक्रवार



प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता : शुक्रबार गठबन्धन बैठक

मुख्य समाचार |
राजनीति |


प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता : शुक्रबार गठबन्धन बैठक
फाइल तस्बिर


काठमाडौं, माघ ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता गठबन्धनका शीर्ष नेताले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

मल्लका अनुसार शीर्ष नेताले शुक्रबार अपरान्ह ४ बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति गर्नुभएको छ । ‘बालुवाटारमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको छ’, मल्लले भन्नुभयो, ‘सत्ता गठबन्धनको बैठक शुक्रबार अपरान्ह ४ बजे बोलाउने सहमति भएको छ ।’

बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको सत्तारुढ गठबन्धन बैठक स्थगित भएको थियो । गठबन्धनको बैठक स्थगित भएपछि शीर्ष नेता छलफलमा जुट्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?