logo
२०८० चैत्र १६ शुक्रवार



भुटानमाथि नेपालको सानदार जित

क्रिकेट |
खेलकुद |


भुटानमाथि नेपालको सानदार जित


काठमाडौँ, मङ्सिर ७ गते । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले भुटानमाथि सानदार जित निकालेको छ । दुबईको आइसीसी क्रिकेट एकेडेमी मैदानमा मंगलबार भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले हरायो ।

भुटानले लिएको ६६ रनको विजय लक्ष्य नेपालले ८.३ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि इन्दु बर्माले अविजित १८ रन बनाउनुभयो । सिता रानामगरले १७ र कप्तान रुबिना क्षेत्रीले १० रन बनाउनुभयो । कविता जोशीले अविजित आठ रन जोड्नु भएको थियो । बलिङमा भुटानकी टासी छेकीले एक विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेटको क्षतिमा ६१ रन बनाएको थियो । भुटानका लागि नगावाङ छोदेनले सर्वाधिक १३, सोनाम पाल्डोनले ११ र कप्तान यस्सी छोदेनले ९ रन बनाउनुभयो ।

भुटानलाई सस्तोमा रोक्न नेपालका सिता रानामगरले तीन विकेट लिनुभयो । करुणा भण्डारीले एक विकेट लिनुभएको थियो । पहिलो जितसँगै नेपालले दुई खेलबाट दुई नै अंक बनाएको छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

भुटानको यो पहिलो हार हो । भुटानले पनि दुई नै अंक बनाएको छ । भुटानने पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको थियो । ६ टोली सहभागि छनोट खेलमा नेपालले तेस्रो खेल मङ्सिर ९ गते कुवेतसँग खेल्नेछ । नेपाल मङ्सिर १० गते मलेसिया र मङ्सिर १२ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली महिला टोलीले पहिलो पटक विश्वकप छनोट खेल खेलेको हो । नेपालले बाँकी खेल जितेमा शीर्षस्थानमा रहँदै ग्लोबल छनोटमा पुग्ने सम्भावना छ । एसिया देशको छनोट स्पर्धामा नेपालसहित, हङकङ, यूएई, मलेसिया, भुटान र कुवेत सहभागी छन् ।

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको प्रारम्भिक चरण हो । यसमा च्याम्पियन बन्ने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?