logo
२०८० चैत्र ६ मंगलवार

  दृश्य समाचार  



जारी वर्षा भोलि केही कम र पर्सिसम्म सुधार हुन्छ : मौसमविद्

राष्ट्रिय |


जारी वर्षा भोलि केही कम र पर्सिसम्म सुधार हुन्छ : मौसमविद्


सविन बजगाईं, दृश्यमा मनोजरत्न शाही
काठमाडौं, कात्तिक २ गते । मनसुनी वर्ष सकिएपछि पनि केही दिनयता आएको निरन्तर वर्षका कारण बाढी, डुबान तथा प्राकृतिक विपद्बाट क्षति भोग्नुपरेको अवस्था छ । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र र पश्चिमबाट आएको पश्चिमी वायुुको प्रणालीको संयुक्त प्रभाव नेपालमा परेका कारण अहिले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


यसमा पनि पश्चिमी वायुको प्रभाव बढी भएका कारण देशको सुदूरपश्चिममा २४ घण्टामा दुई सय एम.एल. भन्दा बढी अर्थात् अतिवादी वर्षा भएको विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । यो वर्षा एकैचोटी कम नहुने तर भोलि बुधबार अलि कम वर्षा हुने र पर्सि बिहीबार मात्रै मौसममा राम्रोसँग सुधार आउने उहाँले बताउनुभएको छ ।
‘यो वर्ष मनसुन सकिएपछि पनि पानी प¥यो । सबैको हात–हातमा स्मार्ट फोन छ । मौसमको सम्बन्धमा इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिकामा पनि जानकारीहरु आइरहेका हुन्छन् । फेसबुक र टुवीटरमा पनि मौसक विभागले मौसम सम्बन्धि जानकारीहरु अपडेट गरिरहेको हुन्छ ।’, श्रेष्ठ बताउनुहुन्छ । यी विषयमा जानकार हुनसके क्षति न्यूनीकरणमा सघाउ पुग्ने उहाँको भनाई छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?