logo
२०८० चैत्र ६ मंगलवार



महाकालीकाे बाढीमा फसेकाको हेलिकप्टरबाट सकुशल उद्धार

राष्ट्रिय |


महाकालीकाे बाढीमा फसेकाको हेलिकप्टरबाट सकुशल उद्धार
तस्बिर शाैजन्य : सशस्त्र प्रहरी


लक्ष्मणदत्त पन्त
महेन्द्रनगर, कार्तिक २ गते । सोमबार रातिबाट महाकालीको बीचमा फसेकाहरुको आज मंगलबार सकुशल उद्धार गरिएको छ । महाकाली बिचमा बाढीमा फसेकालाई हेलिकोप्टरबाट उद्धार गरिने भनिएपनि खराब मौसमका कारण सुर्खेतबाट हेलिकप्टर आउन नसक्दा उद्धारमा ढिलाई भईरहेको थियो । मौसममा सुधार आएसँ गै नेपाली सेनाको हेलिकोप्टरले सकुशल उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले जानकारी दिनुभयो ।
भीमदत्त नगरपालिका–९ मसेट्टीका ३५ वर्षीय पुष्कर नायक, ४५ वर्षीय दीर्घमती खड्का, ३२ वर्षीय शान्ती नायक, ९ वर्षीय असोक नायक र ५ वर्षीय अजय नायक सोमवार रातीबाट बाढीमा फसेका थिए । बाढीमा फसेकाहरु रुखमा बसेका थिए । उहाँहरुको उद्धारको लागि सुरक्षाकर्मीको टोली दिउँसो नै मसेट्टी पुगे पनि महाकालीमा पानीको बहाब बढी भएका कारण उद्धार गर्न सकेको थिएन । त्यस पछि हेलिकप्टरबाट उद्धार गर्ने तयारी भएको थियो तर मौसम खराबीका कारण सुर्खेतबाट हेलिकप्टर उड्न सकेको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?