logo
२०८० चैत्र ६ मंगलवार

  कर्णालीको बाढी  



जानकी र टीकापुर जोखिममा, सुरक्षा निकाय 'हाइ अलर्ट'मा

खुला |
प्रदेश |


जानकी र टीकापुर जोखिममा, सुरक्षा निकाय 'हाइ अलर्ट'मा


चाँदनी आचार्य
लम्की (कैलाली) कार्तिक २ गते । कर्णालीको नदीमा पानीको वहाव खतराको अवस्थामा पुगेपछि कर्णाली नदीको आसपासमा रहेको जानकी गाउँपालिका र टीकापुर नगरपालिका जोखिममा परेको छ । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले कर्णाली नदीको पानी ओभरफ्लो भएर खैरीफाँटा, कटाँसे लगायतका क्षेत्रमा पसेको बताउनुभयो ।
त्यसैगरी कर्णाली नदीमा पानीको सतह खतरामा पुगेपछि रानी जमरा कुलरिया सिँचाई आयोजनाको बाँध फुटाएर नहरमा समेत नदीको पानी पसेको छ । रानी जमरा कुलरिया सिंचाइ आयोजनामा कर्णालीको पानी पसेपछि जानकी गाउँपालिकाका सबै क्षेत्रमा असर पर्ने अध्यक्ष चौधरीले बताउनुभयो ।
उहाँले गाउँपालिकाले यस अघिनै तटीय क्षेत्र तथा डुवान क्षेत्रमा रहेका जनतालाई सजगता अप्नाउन तथा सुरक्षित स्थानमा बसोबासका लागि सूचित गरिएको जनाउनुभयो ।
उहाँले भन्नुभयो अहिले पनि पानी ओभरफ्लो भएकै क्षेत्रमा छु, स्थानीय स्रोतसाधनलाई अर्लटमै राखेका छौ , सुरक्षाकर्मीसंग समन्वय गरेका छौ । कर्णाली नदीमा पानीको बहाव खतरामा पुगेपछि जोखिम बढेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले जानकी गाउँपालिका, टीकापुर नगरपालिकालाई ‘हाइ अलर्ट’ गरिएको जनाएको छ। ‘ रानीजमरा सिँचाई नहर र शाहिपुरको बाँध फुटेको जानकारी प्राप्त भएको छ , टिकापुर नगरपालिका र जानकी गाउँपालिकालाई कर्णालीको पानी पसेको बारे जानकारी गराइएको छ’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भन्नुभयो ‘ जानकी र टीकापुरमा हाई अलर्टमा राख्दै आवश्यक संयन्त्रलाई समेत तयारी अवस्थामा रहन जानकारी गराइएको छ ।
अहिले कर्णाली नदीमा पानीको सतह निकै खतराजनक अवस्थामा पुगेको समेत उहाँले बताउनुभयो ।
कर्णालीमा अहिले पानीको सतह १२.४५ मिटर पुगेको छ । यहाँ १० मिटरभन्दा माथि पुगे सतर्कता तह र १०.८० पुगे खतराको तह हो । खतराको तहभन्दा पनि माथि पुगेको हुँदा ठूलो क्षति हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन स्थानीय तहसंग समन्वय भैरहेको समेत सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।
रेडक्रसकर्मि रंगप्रसाद तिमिल्सेना अहिले कर्णाली चिसापनीमै हुनुहुन्छ । उहाँका अनुसार पानीको बहाव बढ्दै गएको छ। गेज रिडर पार्वती गुरुड्डलाई उदृत गर्दै तिमिल्सेनाले ३ बजे सम्म पानीको सतह १२. ६० मिटर पुगेको समेत जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?