logo
२०८० चैत्र ६ मंगलवार



थप ९५७ जनामा सङ्क्रमण पुष्टि, १२ जनाको मृत्यु

स्वास्थ्य |


थप ९५७ जनामा सङ्क्रमण पुष्टि, १२ जनाको मृत्यु


काठमाडौं, कात्तिक २ गते । पछिल्लो २४ घण्टामा ९५७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार १४० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ७७६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार चार जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?