logo
२०८० चैत्र ६ मंगलवार



भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक ७ र ८ गते खुवाइने

स्वास्थ्य |


भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक ७ र ८ गते खुवाइने


काठमाडौं, कात्तिक २ गते । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको मिति परिवर्तन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटामि ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमको मिति परिवर्तन भएको जनाएको छ।
कात्तिक ३ र ४ गते सदाझैं खुवाइरहेको, तर यस वर्ष दशैंको अवधि भित्र पर्न गएकाले कात्तिक ७ र ८ गते खुवाइन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जाँदा सही तरिकाले मास्क लगाएर जाने, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्ने र साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्डको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?