logo
२०८० चैत्र १६ शुक्रवार



कुशल मल्ललाई गिज्याउँदा अमेरिकी कप्तानलाई कारबाही

क्रिकेट |
खेलकुद |


कुशल मल्ललाई गिज्याउँदा अमेरिकी कप्तानलाई कारबाही
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३१ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले अमेरिकी क्रिकेट टोलिका कप्तान सौरभ नेत्रवाल्करमाथि कारबाही गरेको छ । नेत्रवालकरले आईसीसी आचार संहिताको लेभल १ को उल्लंघन गर्दा कारबाहीमा पर्नुभएको हो ।
आईसीसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “नेत्रवालकरले आईसीसीको संहिताको धारा २.५ को उल्लघंन गर्नुभएको छ ।” उक्त धारामा खेलको क्रममा कुनै खेलाडीलाई आउट गर्दा आफ्नो भाषा, व्यवहार र शारीरिक हाउभाउले उक्साउने गतिबिधि गर्नु रहेको छ । आईसीसीले नेत्रवालकरको अनुशासनिक रेकर्डमा एक डिमेरिट अङ्क थपेको छ ।
नेपाल विरुद्ध ३३ औं ओभरमा बलिङको क्रममा कुशल मल्लको विकेट लिएपछि नेत्रवालकरले मल्ललाई लक्षित गरी चर्को स्वरमा कराउनुभएको थियो । आईसीसीले नेत्रवालकरको उक्त ब्यवहारले मल्ललाई आक्रामक गतिबिधि गर्न उक्साउने रुपमा अथ्र्याएको छ । फिल्ड अम्पायर राहुल अशेर र अहमद पख्तिनले नेत्रवालकरको उक्त ब्यवहारमा ध्यानाकर्षण जनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?