logo
२०८० चैत्र ६ मंगलवार



सन्दीप रजाली बिराटनगरमा आबद्ध

क्रिकेट |
खेलकुद |


सन्दीप रजाली बिराटनगरमा आबद्ध


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३० गते । सन्दीप रजाली बिराटनगर वरियर्समा आबद्ध हुनुभएको छ । एभरेष्ट प्रिमियर लिग(इपीएल) खेल्न उहाँले बिराटनगरमा आबद्ध हुनुभएको छ ।
बिराटनगर वरियर्सले सामाजिक सञ्जालमा रजालीको आबद्धताको पुष्टि गरेको हो । मेयर्स कप क्रिकेटमा मेयर एघार काठमाडौंको र प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनिको प्रतिनिधित्व गर्नुभएका रजालीले दश खेलमा २५३ रन बनाउनुभएको छ । उहाँको सर्बाधिक टी ट्वान्टी योगफल ८३ रन रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?