logo
२०८१ बैशाख ७ शुक्रवार



आशिफ शेषकाे अन्तर्राष्ट्रिय एकदिबसीयमा पहिलो अद्र्धशतक

क्रिकेट |
खेलकुद |


आशिफ शेषकाे अन्तर्राष्ट्रिय एकदिबसीयमा पहिलो अद्र्धशतक
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २९ गते । नेपालका ओपनर ब्याट्सम्यान मोहम्मद आशिफ शेषले अन्तर्राष्ट्रिय एकदिबसीयमा पहिलो अद्र्धशतक लगाउनुभएको छ । लिग–२ अन्तगर्त ओमान विरुद्धको खेलमा आशिफले अद्र्धशतक लगाउनुभएको हो ।
नेपालले एक रन जोड्दा अर्का ओपनर कुशल भुर्तेल पेभेलियन फर्किदा दबाबमा आएको नेपालको पारीलाई आशिफले उकास्नुभएको छ । उहाँ ५४ रनमा अविजित हुनुहुन्छ । नेपालले २२ औं ओभरको खेल जारी रहदा दुई विकेटको क्षतिमा ९६ रन जोडेको छ । आशिफ शेषले २० औं ओभरको पहिलो बलमा दुई रन लिएर आफ्नो पहिलो अद्र्धशतक पुरा गर्नुभयो । अद्र्धशतक पुरा गर्न उहाँले ६४ बल खेल्नुभयो । अद्र्धशतक पुरा गर्न उहाँले पाँच चौका प्रहार गर्नुभयो । आशिफलाई मध्यक्रमका ब्याट्सम्यान रोहित पौडेलले साथ दिनुभएको छ । रोहितले अविजित १८ रन बनाउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?