logo
२०८० चैत्र १५ बिहीवार



साफ च्याम्पियनशीप आयोजनाको तयारी, दश करोड खर्च लाग्ने अनुमान

फुटबल |
खेलकुद |


साफ च्याम्पियनशीप आयोजनाको तयारी, दश करोड खर्च लाग्ने अनुमान
तस्विर-एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १५ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले दक्षिण एशियाली फुटबल(साफ) च्याम्पियनशीप आयोजना गर्ने सशर्त प्रस्ताब स्वीकार गरेको छ । एन्फाको आज बसेको आकस्मिक बैठकले उक्त प्रस्ताव स्वीकार गरी बजेटसहितको प्रस्ताब साफलाई पठाउने निर्णय गरेको छ ।
साफले गत् साता नेपाललाई च्याम्पियनशीप आयोजनाका लागि प्रस्ताब गरेको थियो । आगामी अक्टोबर महिनाका लागि निर्धारित च्याम्पियनशीप आयोजना गर्न बङ्गलादेशले अस्वीकार गरेपछि नेपालले इच्छा जनाएको थियो । बैठकले च्याम्पियनशीप आयोजनामा कुल दश करोड खर्च लाग्ने बजेटसहितको प्रस्ताब साफलाई पठाएको छ ।
च्याम्पियनशीप आयोजनाका लागि नेपाल सरकारले पाँच करोड सहयोग गर्ने निर्णय गरिसकेको छ । एन्फाले सरकारलाई उक्त सहयोगका लागि धन्यवाद दिएको छ ।
बैठकले पुरुष र महिला टोलिको मैत्रीपूर्ण खेलको लागि स्वीकृति दिएको छ । महिला टोलि एशियाली फुटबल संघले आयोजना गर्ने एशिया कपको छनोटको तयारीमा रहेको छ । राष्ट्रिय फुटबल टोलि भने साफ च्याम्पियनशीप र एएफसी एशिया कपको अन्तिम चरणको छनोट खेलको तयारी स्वरुप बन्द प्रशिक्षणमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?