logo
२०८१ बैशाख १३ बिहीवार



श्रीलङ्कामाथि भारतको रोमाञ्चक जित

क्रिकेट |
खेलकुद |


श्रीलङ्कामाथि भारतको रोमाञ्चक जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ६ गते । भारतले एक खेल अगाबै श्रीलङ्का बिरुद्धको तीन खेलको एकदिबसीय श्रृखंला २–० ले जितेको छ । दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा श्रीलङ्कामाथि भारतले तीन विकेटको रोमाञ्चक जित हात पार्यो ।
श्रीलङ्काले प्रस्तुत गरेको २७६ रनको लक्ष्य पछ्याउने क्रममा ११६ रनमै पाँच विकेट गुमाएर भारतले कमजोर सुरुवात गर्यो । सुरुवाती र मध्यक्रमका सबै ब्याट्सम्यान पेभेलियन फर्किदा भारतले जितका लागि २४ ओभरमा ११६ रन आवश्यक थियो । आठौं नम्बरमा ब्याटिङ गर्न आउनुभएका दिपक चाहरले अविजित रहँदै ६९ रनको पारी खेलेपछि भारतको जित सम्भब भएको हो । चाहरले आठौं विकेटका लागि भुवनेश्वर कुमारसँग ८४ रनको साझेदारी गर्दै खेल सकिन पाँच बल बाँकी छदै सात विकेटको क्षतिमा २७७ रन पुर्याएर जित दिलाउनुभयो । कुमार १९ रन बनाएर अविजित रहनुभयो । मध्यक्रममा सूर्यकुमार यादबले ५३ रनको योगदान दिनुभयो ।
श्रीलङ्काली बलरहरुमा वनिन्डु हसरङ्गाले सर्बाधिक तीन तथा कसुन रजिता, लक्षण सन्दाकन, दसुन सनाकाले एक एक विकेट लिए ।
त्यसअघि, कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको श्रीलङ्काले पुरै ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा २७५ रनको औसत योगफल तयार गर्यो । श्रीलङ्काली ओपभर ब्याट्सम्यान द्वय अभिष्का फर्नान्डो र मिनोद भानुकाले ७७ रनको साझेदारी गर्नुभयो । अभिष्काले अद्र्धशतक लगाएर पेभेलियन फर्किदा चरिथ अश्लाङ्काले सर्बाधिक ६५ रनको योगदान दिनुभयो । चमिका करुणारत्नेले अविजित ४४ रनको योगदान दिनुभयो ।
भारतका लागि भुवनेश्वर कुमार र युज्वेन्द्र चाहलले सामान तीन तीन तथा दीपक चाहरले दुई विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?