logo
२०८१ बैशाख १३ बिहीवार



आईसीसीका कार्यकारी प्रमुख मनु साहनी पदमुक्त

क्रिकेट |
खेलकुद |


आईसीसीका कार्यकारी प्रमुख मनु साहनी पदमुक्त
तस्विर–आईसीसी


गोरखापत्र अनलाइन
काठमाडौं, असार २५ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को परिषद् बैठकले मनु साहनी पदमुक्त गरेको छ । बिहीबार आईसीसीको आपतकालीन बैठकले उक्त निर्णय गरेको हो । साहनीले निर्णयविरुद्ध पाँच दिनभित्र पुनरवलोकन गर्न पाउनुहुनेछ ।
आईसीसीले जारी गरेको एक वक्तब्यमा कार्यकारी प्रमुख मनु साहनीलाई तुरुन्त लागू हुने गरी पदमुक्त गरिएको उल्लेख गरिएको छ । जियोफ अल्लारडाइस निमित्त कार्यकारी प्रमुखको रुपमा नियुक्त गरिएको आईसीसीको वक्तब्यमा जनाइएको छ । निर्णय प्रक्रियामा पक्ष विपक्षमा मतदान नभएको र परिषद्का कुनै निर्देशकको उक्त निर्णयमा आपत्ति नरहेको बताइएको छ ।
साहनी भने गत मार्च महिनादेखि नै कार्यालय जानुभएको छैन । अनुशासनिक सुनुवाइको क्रममा उहाँलाई निलम्बन गरिएपछि उहाँ कार्यालय जान छोड्नुभएको थियो ।
साहनीको ब्यवहारले आईसीसीका कर्मचारी प्रताडित भएको तथा परिषद्का सदस्यहरुसँग कुनै सहमति नै नलिई निर्णय गरेको लगायतका आरोप उहाँमाथि लगाइएको छ ।
सन् २०१९ को अप्रिलमा डेभ रिचर्डसनलाई विस्थापित गर्दै आईसीसीको कार्यकारी प्रमुख नियुक्त हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?