logo
२०८१ बैशाख १३ बिहीवार



आईसीसी लिग डिभिजन २ स्थगित

क्रिकेट |
खेलकुद |


आईसीसी लिग डिभिजन २ स्थगित
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, असार ११ गते । नेपाल, नामीबिया र स्कटल्याण्ड सम्मिलित आईसीसी लिग डिभिजन २ स्थगित भएको छ । उक्त शृङ्खला आगामी जुलाई महिनामा स्पेनमा हुन तय भएको थियो । आईसीसीले भने प्रतियोगिताको तालिका सार्वजनिक गरेको थिएन । कोभिड १९ को महामारीले गर्दा गएको एक वर्षदेखि उक्त प्रतियोगिता धकेलिँदै आएको छ ।
नेपाल क्रिकेट सङ्घको अग्रसरतामा नामिबियामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खला तटस्थ भूमिमा खेलाउने पहल भएको थियो । जस बमोजिम उक्त प्रतियोगिता आगामी महिना स्पेनमा हुने तय भएकोमा महामारीले गर्दा स्थगित हुन पुगेको नेपाल क्रिकेट सङ्घले जनाएको छ । प्रतियोगिता एक वर्षपछि मात्रै हुने नेपाल क्रिकेट संघका सचिब अशोकनाथ प्याकुरेलले जानकारी दिनुभएको छ ।
नेपालले प्रतियोगिताको तयारीस्वरुप १९ खेलाडीको बन्द प्रशिक्षण समेत सुरु गरिसकेको थियो । बन्द प्रशिक्षण सुरु भएको दुई दिन नबित्दै क्यानले प्रतियोगिता स्थगित भएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?