logo
२०८० चैत्र १६ शुक्रवार



इंग्ल्याण्डलाई टी ट्वान्टी श्रृखंला

क्रिकेट |
खेलकुद |


इंग्ल्याण्डलाई टी ट्वान्टी श्रृखंला
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार ११ गते । इंग्ल्याण्डले श्रीलङ्का बिरुद्धको तीन म्याचको टी ट्वान्टी श्रृखंला २–० ले जितेको छ । पहिलो टी ट्वान्टी खेल जितेको इंग्ल्याण्डले दोस्रोमा पाँच विकेटको जित हात पारेपछि एक खेल अगावै तीन खेलको टी ट्वान्टी २–० ले जितेको हो ।
इंग्ल्याण्डले १८ ओभरमा पाएको १०३ रनको लक्ष्य खेल सकिन ११ बल बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा १०८ रन बनाएर पुरा गर्यो । इंग्ल्याण्डको जितमा लियम लिभिंगस्टनले अविजित रहँदै २९ रनको योगदान दिनुभयो । साम बिलिंग्सले २४ रन बनाउनुभयो ।
श्रीलङ्काका लागि वनिण्डु हसरङ्गाले सर्बाधिक दुई तथा दुश्मन्थ चमीरा, इसरु उडाना र बिनुरु फर्नान्डोले सामान एक एक विकेट लिए ।
त्यसअघि, श्रीलङ्काले कार्डिफमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको श्रीलङ्काले २० ओभरमा सात विकेटको क्षतिमा १११ रनको योगफल तयार गर्यो । श्रीलङ्काका लागि कुशल मेन्डिसले बनाउनुभएको ३९ रन नै सर्बाधिक ब्यक्तिगत् योगफल रहन गयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?