logo
२०८१ बैशाख १२ बुधवार



केभिन ओ ब्रायनले अन्तर्राष्ट्रिय एकदिबसीयबाट सन्यास लिए

क्रिकेट |
खेलकुद |


केभिन ओ ब्रायनले अन्तर्राष्ट्रिय एकदिबसीयबाट सन्यास लिए
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार ५ गते । क्रिकेट आयरल्याण्डका अलराउन्डर केभिन ओ ब्रायन अन्तर्राष्ट्रिय एकदिबसीय खेलबाट सन्यासको घोषणा गर्नुभएको छ । सन् २०११ को विश्वकप क्रिकेटमा इंग्ल्याण्ड बिरुद्ध कीर्तिमानी शतक लगाउनुभएका ब्रायनले आफ्नो १५ वर्षको अन्तर्राष्ट्रिय एकदिबसीय जिवनबाट सन्यासको घोषणा गर्नुभएको हो ।
३७ वर्षीय केभिन ओ ब्रायनले टेष्ट क्रिकेट र टी ट्वान्टीलाई निरन्तरता दिने बताउनुभएको छ । सन् २००६ मा उहाँले इंग्ल्याण्ड बिरुद्ध २२ वर्षको उमेरमा अन्तर्राष्ट्रिय एकदिबसीयको ‘डेब्यु’ गर्नुभएको थियो । उहाँले १५३ अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा तीन हजार ६१८ रन बनाउनुभएको छ । उहाँले ११४ विकेट समेत लिनुभएको छ । आयरल्याण्डका कुनै पनि बलरभन्दा उहाँले सबैभन्दा बढी विकेट लिनुभएको हो । उहाँको दाई नैल ओ ब्रायनले सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?