logo
२०८१ बैशाख १२ बुधवार



भारत विरुद्धको विश्व टेष्ट च्याम्पियनसिपका लागि न्युजिल्याण्ड टोलीको घोषणा

क्रिकेट |
खेलकुद |


भारत विरुद्धको विश्व टेष्ट च्याम्पियनसिपका लागि न्युजिल्याण्ड टोलीको घोषणा
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, असार १ गते । न्युजिल्याण्डले भारत विरुद्धको विश्व टेष्ट च्याम्पियनसिपका लागि टोलीका सदस्यहरुको अन्तिम रुप दिएको छ । १५ सदस्यीय टोलीमा नियमित कप्तान केन विलियम्सन फिर्ता हुनुभएको छ । विकेटकीपर बीजे वाटलिङ्ग टोलीमा पुनरागमन गर्नुभएको छ ।
विलियम्सन र वाटलिङ्गले इंग्ल्याण्ड विरुद्धको दोस्रो टेष्ट खेलमा अनुपस्थित थिए । लयलाई लिएर उतारचढाबमा रहेका वाटलिङ्गको विश्व टेष्ट च्याम्पियन अन्तिम खेल हुनेछ ।
टोलीका सदस्यहरुमा टम ब्ल्न्डेल, ट्रेन्ट बौल्ट, डेभन कोनवे, कलिन डे ग्रान्डहम, म्याट्ट हेनरी, कायल जमीन्सन, टम लाथम, हेनरी निकोलास, एजाज पटेल  छन् । त्यसैगरी, टिम साउदी, रोस टेलर, नैल वाग्नर र विल योङ्ग १५ सदस्यीट टोलिमा अटाएका छन् ।
विश्व टेष्ट च्याम्पियनसिपको उद्घाटन संस्करणमा न्युजिल्याण्डले शुक्रबारबाट भारतको सामना गर्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?