logo
२०८० चैत्र १६ शुक्रवार



न्युजिल्याण्डका कप्तान केन विलियम्सन दोस्रो टेष्टबाट बाहिरिए

क्रिकेट |
खेलकुद |


न्युजिल्याण्डका कप्तान केन विलियम्सन दोस्रो टेष्टबाट बाहिरिए
तस्विर-पीए मीडिया


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २७ गते । न्युजिल्याण्ड क्रिकेट टोलिका कप्तान केन विलियम्सन इंग्ल्याण्ड बिरुद्धको दोस्रो टेष्ट खेलबाट बाहिरिनुभएको छ । दुई टेष्ट खेल अन्तगर्तको श्रृखंलाको पहिलो टेष्ट बराबरीमा सम्पन्न भएको थियो ।
कप्तान विलियम्सनले देब्रे कुहिनामा आएको चोटको समस्याले गर्दा दोस्रो तथा अन्तिम टेष्ट नखेल्ने हुनुभएको हो । ३० वर्षीय विलियम्सनले गत् मार्च महिनामा उक्त चोटकै कारणले बङ्गलादेश बिरुद्धको एकदिबसीय श्रृखंलामा समेत अनुपस्थित हुनुपरेको थियो । विलियम्सनको अनुपस्थितिमा ओपनर ब्याट्सम्यान टम लाथमले न्युजिल्याण्ड क्रिकेट टोलिको नेतृत्व गर्नुहुनेछ ।
विलियम्सनको स्थानमा तेस्रो नम्बरमा ब्याटिङ गर्ने विल योङ्गले टोलिमा स्थान बनाउने अनुमान गरिएको छ । बिहीबारबाट सुरु हुने दोस्रो टेष्ट खेलमा तीब्र गतिका बलर ट्रेन्ट बौल्ट समेत पुनरागमन गर्ने बताइएको छ । तर प्रशिक्षक गेरी स्टिडले भने शुक्रबार मात्रै इंग्ल्याण्ड आउनुभएका बौल्टलाई तात्काल आराम दिइने बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?