logo
२०८१ बैशाख १४ शुक्रवार



न्युजिल्याण्डका टिम सैफर्ट भारतमा कोरोनाबाट सङ्क्रमित

क्रिकेट |
खेलकुद |


न्युजिल्याण्डका टिम सैफर्ट भारतमा कोरोनाबाट सङ्क्रमित
तस्विर-बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २५ गते । न्युजिल्याण्ड क्रिकेट टोलीका विकेटकीपर ब्याट्सम्यान टिम सैफर्ट कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । इन्डियन प्रिमियर लिगमा कलकत्ता नाइट राइडर्सको प्रतिनिधित्व गर्नुभएका सैफर्ट हाल अहमदाबादमा हुनुहुन्छ । आइतबार न्युजिल्याण्डका खेलाडी ‘चाटर्ड’ विमानबाट न्युजिल्याण्ड प्रस्थान गर्दा टिम सैफर्ट उक्त प्रस्थान टोलीमा रहनुहुने छैन् । अहमदाबादबाट उपचारकै लागि उहाँ चेन्नईस्थित एक निजी अस्पतालमा भर्ना हुनुभएकाे छ ।
प्रस्थान अघि उहाँलाई पछिल्लो दश दिनमा सात पटक आरटीपीसीआर परीक्षण गरिएको छ । साताको सुरुवातमा कलकत्ता नाइट राइडर्सका दुई खेलाडी बरुण चक्रवर्ती र सन्दीप वरियरमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । उपचारको क्रममा आइसोलेशन अवधि बिताए लगत्तै उहाँ प्रस्थान गर्न योग्य हुने र आवश्यक ब्यवस्थापन गरी उहाँलाई ल्याइने क्रिकेट न्युजिल्याण्डले जनाएको छ ।
उहाँलाई चेन्नइ सुपर किंग्सका ब्याटिङ्ग प्रशिक्षक माइक हस्सी उपचाररत् अस्पतालमा नै भर्ना गरिने जनाइएको छ । साताको मध्यमा चेन्नईका प्रशिक्षक हस्सी समेत कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?