logo
२०८१ बैशाख ७ शुक्रवार



इंग्ल्याण्डका पुगे, अष्ट्रेलियाली माल्दिभ्स प्रस्थान र न्युजिल्याण्डका लागि ‘चाटर्ड’ उडान

क्रिकेट |
खेलकुद |


इंग्ल्याण्डका पुगे, अष्ट्रेलियाली माल्दिभ्स प्रस्थान र न्युजिल्याण्डका लागि ‘चाटर्ड’ उडान
तस्विर-बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २३ गते । इन्डियन प्रिमियर लिग(आईपीएल) स्थगित भएपछि अन्यौलमा परेका विदेशी खेलाडी आ आफ्नो गन्तब्य तिर लागेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले सम्बन्धित राष्ट्रका क्रिकेट संघ र फ्रेञ्चाइजसँगको समन्वयमा खेलाडीको ब्यवस्थापन गरेको छ ।
प्रिमियर लिगमा अष्ट्रेलिया, इंग्ल्याण्ड र न्युजिल्याण्डका खेलाडी तथा प्रशिक्षक सबैभन्दा बढी थिए । ती मध्ये केहीमा कोरोनाको सङ्क्रमणको पुष्टि समेत भएकोले सङ्क्रमित खेलाडी फ्रेञ्चाइजकै ब्यवस्थापनमा कम्तिमा दश दिन फ्रेञ्चाइजले भारतमै ब्यवस्थापन गरेको छ ।
अष्ट्रेलियाले १५ मईसम्म भारतबाट आफ्नो नागरिकको आवागमनमा समेत प्रतिबन्ध लगाएको छ । उक्त शून्यताका बीच अष्ट्रेलियाली खेलाडीलाई माल्दिभ्समा राखिनेछ । माल्दिभ्सबाट १५ मईमा अष्ट्रेलियाली खेलाडी घर प्रस्थान गर्नेछ । घर प्रस्थान गरेपछि पनि ती खेलाडी अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नेछन् । क्रिकेट अष्ट्रेलियाले मापदण्डको पालना गराउन र खेलाडीलाई घरसम्म पुर्याउन सम्बन्धित राज्य र बीसीसीआईसँग नियमित सम्पर्क र समन्वय गरिरहेको जनाएको छ ।
अष्ट्रेलियाकै माइक हस्सी चेन्नई सुपर किंग्सको प्रशिक्षण दलमा हुनुहुन्छ । उहाँ कोरोनाभाइरसबाट सङ्क्रमित रहेकोले हाल भारतमै बस्नुहुनेछ ।
इंग्ल्याण्डका ११ जना खेलाडी प्रिमियर लिगमा सहभागी भएकोमा आठ जना इंग्ल्याण्डको हिथ्रो विमानस्थलमा बुधबार नै अवतरण गरिसकेका छन् । जसमा जोस बटलर, मोइन अलि, साम कर्रन, टम कर्रन, जोनि बैरिष्टो, जैसन रोय र साम बिलिंग्स छन् । यी खेलाडी बेलायत सरकारले क्वारेन्टिनका लागि सूचीकृत गरेको होटेलमा दश दिन बस्नेछन् । इयन मोर्गन, क्रिस जोर्डन र देविड मलान आगामी दुई दिनभित्र इंग्ल्याण्ड प्रस्थान गर्नेछन् ।
आईपीएलमा न्युजिल्याण्डका १७ खेलाडी सहभागि थिए । ती १७ खेलाडी दुई समूहमा विभाजित भएका छन् । पहिलो समूह इंग्ल्याण्ड प्रस्थान गर्नेछ । आईसीसी विश्व टेष्ट च्याम्पियनशीप लगत्तै न्युजिल्याण्डले इंग्ल्याण्ड बिरुद्धको टेष्ट श्रृखंला खेल्ने तय छ । उक्त प्रतियोगिता जुन महिनामा हुनेछ । पहिलो समूह मई ११ मा भारतबाट प्रस्थान गर्नेछ । बेलायतले भारतबाट आउने विदेशीको हकमा लगाएको प्रतिबन्ध मई ११ पछि खुकुलो हुने विश्वास गरिएको छ ।
अर्को समूह भने न्युजिल्याण्डका लागि प्रस्थान गर्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?