logo
२०८० चैत्र १६ शुक्रवार



आईपीएलमा सहभागी अष्ट्रेलियाका ४० खेलाडी माल्दिभ्स प्रस्थान गर्दै

क्रिकेट |
खेलकुद |


आईपीएलमा सहभागी अष्ट्रेलियाका ४० खेलाडी माल्दिभ्स प्रस्थान गर्दै
तस्विर-बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २१ गते । इन्डियन प्रिमियर लिग(आईपीएल)मा सहभागी अष्ट्रेलियाका खेलाडी, प्रशिक्षक तथा विश्लेषकसहितको टोलि माल्दिभ्स प्रस्थान गर्न लागेका छन् । अष्ट्रेलियाले भारतबाट फर्कने आफ्नो नागरिकलाई पाँच वर्ष कैद र जरिवाना निर्धारण गरेपछि अष्ट्रेलिया पुग्ने बाटो बन्द हुँदा खेलाडी माल्दिभ्स प्रस्थान गर्न लागेका हुन् ।
चेन्नई, कलकत्ता र हैदराबादका केही खेलाडी कोरोनाबाट सङ्क्रमित भएपछि आईपीएल आजबाट नै अनिश्चितकालका लागि स्थगित भएको छ । आईपीएलको स्थगनपछि अष्ट्रेलियाली खेलाडी अन्यौलमा परेका छन् ।
प्याट क्युमिन्स, स्टिभ स्मिथ, ग्लैन म्याक्सवैल, रिक्की पोन्टिङ, साइमन कैटिच लगायतका खेलाडी तथा प्रशिक्षक माल्दिभ्समा रहेका विश्लेषक माइकल स्लेटरसँग आबद्ध हुनेछन् । स्लेटर यसअघि नै माल्दिभ्सका लागि प्रस्थान गर्नुभएको थियो । डेन क्रिश्चियन भने हाल भारतमा नै बस्नुहुनेछ । उहाँले बेलायतमा खेल्ने सम्झौता गरेकोमा भारतबाट एकैपटक बेलायत प्रस्थान गर्ने बताइएको छ ।
अष्ट्रेलियाले मई १५ सम्म आफ्नो नागरिकलाई समेत फर्कन प्रतिबन्ध लगाएको छ । माल्दिभ्समा १५ दिनसम्म क्वारेन्टिनमा बसेपछि अष्ट्रेलिया फर्किने वातावरण भए खेलाडी नीजि विमानबाट नै अष्ट्रेलिया फर्किने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?