logo
२०८१ बैशाख ७ शुक्रवार



नेपालको औसत सुरुवात, तीन अर्धशतक लगाएका कुशल फर्किए

क्रिकेट |
खेलकुद |


नेपालको औसत सुरुवात, तीन अर्धशतक लगाएका कुशल फर्किए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ९ गते । टी ट्वान्टी अन्तर्राष्ट्रियको लगातार पहिलो तीन खेलमा शतक लगाएका कुशल भुर्तेल चौथो खेलमा सबेरै पेभेलियन फर्किनुभएको छ । त्रिकोणात्मक टी ट्वान्टी शृङ्खला अन्तगर्तको छैठौं खेलमा आज नेपालले मलेसियाको सामना गर्दैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको नेपालले पाँच ओभरको समाप्तीमा एक विकेटको क्षतिमा ४४ रन बनाएको छ । ओपनर आशिफ शेषले १७ तथा कप्तान ज्ञानेन्द्र मल्ल आठ रन बनाएर अविजित छन् । कुशल भुर्तेल भने १२ बलमा दुई छक्कासहित १६ रन बनाएर पेभेलियन फर्किनुभयो ।
मलेसियाका लागि मोहम्मद वफिकले कुशललाई सैएद अजिजको हातबाट क्याच आउट गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?