logo
२०८० चैत्र १५ बिहीवार



आईपीएलको १४ औं संस्करण सुरु हुँदै

क्रिकेट |
खेलकुद |


आईपीएलको  १४ औं संस्करण सुरु हुँदै
तस्विर-बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २७ गते । इन्डियन प्रिमियर लिग(आईपीएल)को १४ औं संस्करण आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लौरको सामना गर्दैछ ।
कोरोनाभाइरसको सङ्क्रमणको दोस्रो लहरको भारतले सामना गरिरहँदा छ वटा रङशालामा लिगको १४ औं संस्करण हुन लागेको हो । आईपीएलको १३ औं संस्करणको उपाधि जितेको मुम्बईले पाँच महिना नबित्दै अर्को संस्करणको उद्घाटन खेलमा बैंगलुरुको सामना गर्न लागेको हो ।
लिगको यस संस्करणलाई मुम्बई, देल्ही, बैंगलुरु, चेन्नई, कलकत्ता र अहमदाबादले आयोजना गर्दैछ । मुम्बईमा बिहीबारमात्रै दश हजारभन्दा बढी कोरोनाभाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । देल्हीमा पाँच हजारभन्दा बढी र बैंगलुरुमा चार हजार दुई सय सङ्क्रमित थपिएका छन् । पछिल्लो दुई दिनमा मात्रै भारतमा दुई लाखभन्दा बढी नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।
कोभिड १९ को सङ्क्रमण फैल्न सक्ने जोखिमका बीच क्रिकेट टोलीको आगमन र प्रस्थानलाई अत्यन्तै सूक्ष्म निगरानी र ब्यवस्थापन गरिएको छ । एक शहरबाट अर्को शहरको भ्रमण गर्दा टोलीका सदस्यको आगमन र प्रस्थानका लागि छुट्टै बिन्दु तयार गरिएको छ । निजी विमानस्थलमा खेलाडीसहितको टोलीले चाटर्ड विमानबाट प्रस्थान गर्नेछन् । कुनै पनि बिन्दुमा टोली बाहिरका ब्यक्तिसँग भेटघाट हुने अवस्था रहनेछैन् ।
रङशालाभित्रै खेलाडी र अधिकारी बस्ने ब्यवस्था गरिएको छ । उक्त क्षेत्रलाई रेखाङ्कन गरी बाहिरी ब्यक्तिको प्रवेश निषेध गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?