‘कचहरी’ को परिचर्चा
साहित्यकार कल्पना पौडेल ‘जिज्ञासु’ द्वारा लिखित कथासङ्ग्रह ‘कचहरी’ को परिचर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले कार्यक्रमको उद्घाटन गर्दै साहित्यकारहरूले कोरा कल्पनाभन्दा समाजका कुरा लेख्नुपर्ने बताउनुभयो । उहाँले पात्र, परिवेश र विषयवस्तुको सुन्दर समायोजन गरी लेखनमा कला मिसाउन सके स्तरीय सिर्जना हुन सक्ने विचार व्यक्त गर्दै कथाकार कल्पना पौडेल ‘जिज्ञासु’ का कथामा भुइँमान्छेका दुःख र पीडा समेटिएको बताउनुभयो ।
अखाद्य बस्तु विक्री गर्ने भीम स्टोरलाई दुई लाख जरिवाना
काठमाडौँ महानगरपालिकाले वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भीम स्टोरलाई रु दुई लाख जरिवाना गरेको छ ।
एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह निर्वाचित
नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह विजयी हुनुभएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उहाँले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो ।
जनयुद्ध दिवसको बिदा खारेज गर्न माग
अन्तर्राष्ट्रिय अहिंसा दिवस अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ । प्रदर्शनपछि आयोजित कोणसभामा जनयुद्ध दिवसका दिन दिनेगरेको सरकारी विदा खारेज गर्न पनि माग गरिएको छ ।
धान नकाट्न उपमहानगरपालिकाको आग्रह
कैलालीको धनगढी उपमहानगरपालिकाले तीन दिनसम्म धान नकाट्न किसानलाई आग्रह गरेको छ । असोज १७ गतेसम्म पानी पर्ने सम्भावना रहेकाले धान नकाट्न भन्दै उपमहानगरपालिकाले मोबाइलमा एसएमएस पठाएर किसानलाई सतर्क पारेको हो । साथै, नगर क्षेत्रमा माइकिङसमेत गरेर धान नकाट्न आग्रह गरेको छ ।
एमाले गण्डकी प्रथम प्रदेश अधिवेशन सुरु
एमालेको गण्डकी प्रदेश पहिलो प्रदेश अधिवेशन आजदेखि पोखरामा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको अधिवेशन मौसम खराबीका कारण जहाज नचलेपछि उहाँ आउन सक्नु भएन ।
भीरबाट खसेका प्रहरी जवानको उद्धार
ड्युटीका क्रममा भीरबाट खसेर गम्भीर घाइते भएका प्रहरी जवान सुवास पौडेललाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत पौडेललाई थप उपचारका लागि काठमाडौँ लगिएको हो ।
मलङ्गवाको कर्फ्यू हट्यो
सर्लाही सदरमुकाम मलङ्गवामा लगाइएको कर्फ्यू पूर्णरुपमा हटेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सदरमुकामको अवस्था सामान्य बनेको ठहरगरी कर्फ्यू हटाउने निर्णय गरेको हो ।
सामाजिक सद्भाव प्रगाढ बनाउन आग्रह
सामाजिक सद्भाव नेपालगन्जको पहिचान भएकाले यसलाई अझै प्रगाढ बनाउन विभिन्न धर्मगुरुहरूले आग्रह गर्नुभएको छ । यहाँका राजनीतिक दल, नागरिक समाजका अगुवा समेतले सामाजिक तथा धार्मिक सद्भावलाई थप बलियो बनाउन आम नगरबासी र जिल्लावासीमा अपिल गर्नुभएको हो ।