स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायम नै रहेको छ ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेबाट अध्यक्षमा उत्तम राई र उपाध्यक्षमा उर्मिला खतिवडा निर्वाचित हुनुभएको हो ।
दयपुरको तीन वटा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । पछिल्लो सार्वजनिक मत परणाम अनुसार रौतामाई गाउँपालिकामा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) का बिरेन्द्र मगर अध्यक्षमा विजयी हुनु भएको छ ।
प्रदेश १ का विभिन्न गाउँपालिकाका मतगणनाको परिणाम आउने क्रम जारी छ । विराटनगर महानगरपालिका र उपमहानगरपालिकाको मतगणना प्रारम्भिक चरणमै भइरहेकाले यही पार्टीका उम्मेदवारले जित्छ भन्ने स्थिति बनिसकेको छैन । चम्पादेवीमा काँग्रेसका केसी विजयी ओखलढुङ्गा समाचारदाताका अनुुसार, चम्पादेवी गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका नवराज केसी पुनः निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार खड्ग कार्कीलाई ५३ मतले पछि पार्दै केसी अध्यक्षमा निर्वाचित हुनुभएको हो । केसीले ४६१३ मत प्राप्त गर्नुभएको छ भने कार्कीले ४५६० मत प्राप्त गर्नुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा केसी नै अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
झापाको कमल गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका अध्यक्षका उम्मेदवार अग्निप्रसाद कोइरालासहित प्यानल नै निर्वाचित भएको छ । कोइरालाले एक हजार ७३९ मत प्राप्त गर्नुभएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान मञ्च नेपालले जित हासिल गरेको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेको विरासत तोड्दै नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। मैवाखोलामा सत्ता गठबन्धनबाट अध्यक्ष पदका साझा उम्मेदवार विजयप्रकाश वनेम लिम्बू अत्यधिक मतका साथ विजयी हुनुभएको हो।
शेरबहादुर राईओखलढुङ्गा, जेठ २ गते । चिशङ्खुगढी गाउँपालिकाको अध्यक्ष्यक्षमा गठबन्धन तर्फका उम्मेदवार माओवादी केन्द्रका निशान्त शर्मा विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार अशोक थापालाई पाँच सय सात मतले पछि पार्दै शर्मा अध्यक्षमा पुन विजयी हुनुभएको हो । २०७४ को स्थानिय तहको निर्वाचनमा पनि शर्मा अध्यक्षमा विजयी हुनुभएको थियो । शर्माले तीन हजार एक सय ९८ मत प्राप्त गर्नुभएको छ भने थापाले दुई हजार छ सय ९१ मत पाउनुभएको छ । यसैबीच गठबन्धनकै तर्फबाट नेपाली काँग्रेसका उपाध्यक्षका उम्मेदवार सन्तोषबाबु थापा चिशङ्खुगढी गाउँपालिकाको उपाध्यक्षमा विजयी हुनुभएको छ । नेकपा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार सुस्मिका राईलाई एक हजार ६६ मतले पछि पार्दै थापा निर्वाचित हुनुभएको हो । थापाले तीन हजार एक सय १६ र राईले दुईहजार ५० मत प्राप्त गर्नुभएको छ । पालिकाको आठ वडा मध्ये चार वडामा माओवादी केन्द्रका उम्मेदवार वडा अध्यक्षमा प्यानल सहित विजयी हुनुभएको छ । वडा नं.१ उषक कटुवाल, २ मा नरेन्द्र बस्नेत, ५ मा नेत्र भट्टराई र वडा नं.४ हिमाल राईले माओवादी केन्द्रबाट जित्नुभएको हो । यसैगरी वडा नं. ६ मा र ७ मा नेपाली काँग्रेसका उम्मेदवार बलराम कटुवाल र मुघाधन राई विजयी हुनभएको छ । वडा नं. ८ मा नेकपा एमालेका उम्मेदवार शुसिलजङ कार्की वडा अध्यक्षमा विजयी हुनुभएको छ । वडा नं.३ मा वडा अध्यक्षका उम्मेदवारहरुको मत बराबरी भएपछी पुन मत गणना गरिएको छ । अन्य पालिकाहरुको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले जनाएको छ । जिल्लाको मोलुङ र खिजिदेम्बा गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
ध्यान कुलुङ सङ्खुवासभा, जेठ २ गते। खाँदबारी नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसका महेश थपलिया र उपप्रमुखमा नेकपा (एमाले)का महेश्वरा बज्राचार्य निर्वाचित हुनुभएको छ। थपलियाले निकटतम् प्रतिद्वन्द्वी एमालेका जीतबहादुर घिमिरेलाई पराजित गर्दै विजेता बन्नुभएको हो। त्यस्तै बज्राचार्य नेकपा (माओवादी केन्द्र)का उमेदवार दिव्यराज बराललाई हराउदै उपप्रमुखमा निर्वाचित हुनुभएको हो। थपलियाले ८ हजार ३४ मत प्राप्त गर्नुभएको छ भने एमालेका घिमिरेले ५ हजार ५ सय ८९ मत प्राप्त गर्नुभएको छ। उपमेयर विजेता बज्राचार्यले ६ हजार ३ सय ८५ मत ल्याउँदा बरालले ५ हजार १ सय ४७ मतमात्र प्राप्त गर्नुभएको छ।खाँदबारी नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसलाई प्रमुख र नेकपा (माओवादी केन्द्र)लाई उपप्रमुखको उमेदवार बनाइएको थियो। उपमेयर विजेता बज्राचार्यले गठबन्धनको उमेदवारलाई पराजित गर्नुभएको हो। अघिल्लो निर्वाचनमा खाँदबारी नगरपालिकामा दुवै पद एमालेले जितेको थियो।१० स्थानीय तह रहेको सङ्खुवासभामा हालसम्म योसहित ३ पालिकाको अन्तिम मत परिणाम आइसकेको छ। सिलिचोङ गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ भने सभापोखरी गाउँपालिकामा अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा एकीकृत समाजवादीले जितेको छ।
शेरबहादुर राईओखलढुङ्गा, जेठ २ गते । चम्पादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नवराज केसी पुनः निर्वाचित हुनुभएको छ । यसअघि पनि २०७४ मा उहाँ गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।निकटम प्रतिद्वन्दी नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार खड्ग कार्कीलाई ५३ मतले पछि पार्दै केसी गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । केसीले ४६१३ मत प्राप्त गर्नुभएको छ भने कार्कीले ४५६० मत प्राप्त गर्नुभएको छ । गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी दिलामाया मगरले जित्नुभएको छ । काँग्रेसकी कुसा मगरलाई २३७ मतले पछि पार्दै एमालेकी दिलामाया मगर उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । नेपाली काँग्रेसकी कुसा मगरले ४४७८ र एमालेकी दिलामाया मगरले ४७१५ मत प्राप्त गर्नुभएको छ । पालिकाको १० वडा मध्ये सात वडामा नेपाली काँग्रेसले जितेको छ । बाँकी रहेको तीन मध्ये दुई वडा नेकपा एमाले र एउटा माओवादी केन्द्रले जितेको हो । वडा नं. १ कुलबहादुर श्रेष्ठ, २ मा विष्णु पुलामी मगर, ४ मा ईन्द्र केसी, ५ मा मोहन तामाङ, ८ मा खड्गबहादुर बराल, ९ मा सुजन पौडेल र वडा नं.१० मा रोहितप्रसाद ढुङ्गेलले नेपाली काँग्रेसबाट वडा अध्यक्ष जित्नुभएको छ । यसैगरी, वडा नं. ३ मा धनबहादुर श्रेष्ठ र ७ मा सुरेश थापाले नेकपा एमाले बाट वडा अध्यक्षमा विजयी हुनुभएको छ । वडा नं. ६ माओवादी केन्द्रका गणेश खत्रीले चुनाव जित्नुभएको छ । एक नगरपालिका सहित बाँकी रहेका चार गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले जनाएको छ । जिल्लाको मोलुङ, खिजिदेम्बा, लिखु गाउँपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ । सुनकोशी गाउँपालिकाको मत गणना कार्य ढिलो भइरहेको छ । उक्त पालिकाको दश वडा मध्ये अहिलेसम्म चार वडाको मात्र मतगणना कार्य सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विराटनगर महानगरपालिकाको प्रमुख पदा सोमबार प्राप्त पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहनुभएको छ ।
मानेभञ्ज्याङ्ग गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली विजयी हुनुभएको छ । नेपाली काँग्रेससँग गठबन्धन गरी स्वतन्त्र उम्मेदवार बन्नुभएका रुम्दालीले पाँच हजार २१ मत ल्याएर विजयी हुनुभएको हो ।