उन्मुक्तिको रञ्जिता पक्षबाट कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गर्दै
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबाट सो पार्टी प्रदेश सभा सदस्य कैलाश चौधरीले पनि मुख्यमन्त्री पदमा दाबेदारी प्रस्तुत गर्नुहुने भएको छ।
सेनाको प्रवक्तामा केसी
नेपाली सेनाको प्रवक्तामा सहायक रथी गौरवकुमार केसी नियुक्त हुनुभएको छ।
नागरिक उन्मुक्तिका लक्ष्मण किशोरद्वारा मुख्यमन्त्रीमा दाबी प्रस्तुत
सुदूरपश्चिममा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) को समर्थनमा नागरिक उन्मुक्ति रेशमलाल चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गर्नुभएको छ।
संसद्को चालु अधिवेशनको अन्त्य स्वाभाविक प्रक्रिया हो : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्को चालु अधिवेशनको अन्त्य स्वाभाविक प्रक्रियाअन्तर्गत भएको बताउनुभएको छ।
सञ्चारमन्त्री शर्माद्वारा डोल्पामा एफटिटिएचको शुभारम्भ
नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित फाइबर टु द होम (एफटिटिएच) नेटवर्क सेवा सुरु गरेको छ। उच्च गतिको इन्टरनेट सेवा देशभर पुर्याउने सरकारको अभियानअन्तर्गत आजदेखि नेपाल टेलिकमले उक्त सेवा डोल्पामा सुरुआत गरेको हो।
कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाउनुभएको छ।
प्रतिनिधि सभा बैठकमा चालु अधिवेशन अन्त्यको जानकारी : के-के काम भए ?
सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभा बैठकले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको पत्र पढेर सुनाउँदै सो अधिवेशनमा अन्त्य हुने औपचारिक जानकारी गराउनुभएको हो।
रोड टेस्ट नगरी लाइसेन्स दिने प्रक्रिया परिमार्जन आवश्यक छ : गृहमन्त्री लामिछाने
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सुदूरपश्चिममा कांग्रेस र समाजवादीको समर्थनमा नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा दाबी गर्ने
सुदूरपश्चिममा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) को समर्थनमा नागरिक उन्मुक्तीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गर्नुहुने भएको छ।
सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक
पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।
हिउँदे अधिवेशनमा तीन वटा मात्रै विधेयक पारित
सङ्घीय संसद्को हिउँदे अधिवेशनमा ३ वटा विधेयक मात्रै पारित भएका छन् । विधेयक अधिवेशनको रुपमा लिइने सङ्घीय संसदको २०८० साल माघ २२ गतेबाट सुरु भई आइतबार सकिन लागेको हिउँदे अधिवेशनमा करिव ७० दिनमा तीन वटा विधेयक मात्रै पारित भएको हो ।
देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिक निराश : सांसद केसी
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिकहरू निराश रहेको बताउनुभएको छ ।
'नयाँ वर्ष कांग्रेसका लागि पार्टी सुदृढीकरण गर्ने सुवर्ण अवसर'
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेसले नयाँ वर्ष २०८१ लाई शुद्धीकरण र सुदृढीकरणको वर्षको रूपमा मनाउनु पर्ने बताउनुभएको छ ।
देशमा राजतन्त्र फर्काउने कुरा असम्भव
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताउनुभएको छ ।
सदनको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।
सुदूरपश्चिमकाे मुख्यमन्त्री पदका लागि दाबी पेश गर्ने अन्तिम दिन
मुख्यमन्त्री कमलबहादुर शाहले बहुमत जुटाउन नसकेर पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नका लागि १० दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आइतबार मध्याह्नदेखि बैठक सुरु भएको हो ।
पूर्वप्रधानमन्त्री खनाल र सचिव शाहलाई निर्वाचनको जिम्मेवारी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी पार्टीका उम्मेदवारलाई सघाउन निर्वाचन ‘कमाण्डर’ तोकेको छ ।
राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सांसद डा. भण्डारी
हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई समावेशी बनाउन देशको निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्था थपिएको हो ।
शैक्षिक सत्र सुरु: बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गर्नुभएको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ ।
नेकपा एमाले सचिवालय बैठक बस्दै
सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
दुई लाख मतपत्र छापिँदै
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि करिब दुई लाख मतपत्र छापिने भएको छ । इलाम–२ र बझाङ–१ (१) मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुवै क्षेत्रको उपनिर्वाचनका लागि डिजाइन स्वीकृत भइसकेको र आगामी साता मतपत्र छपाइ सुरु हुने जानकारी दिनुभयो । उहाँका अनुसार इलाम–२ का लागि एक लाख २८ हजार र बझाङ १ (१) का लागि ६८ हजार मतपत्र छापिने छ । मतपत्र छपाइ भक्तपुरको सानोठिमीमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालय (सेक्युरिटी प्रेस) मा हुने छ । इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता छन् । बझाङ १ (१) मा ६१ हजार ७४८ मतदाता छन् । दुवै क्षेत्रमा कुल मतदाताको १० प्रतिशत बढी मतपत्र छापिने छ ।
समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानले परिलक्षित गरेको समाजवादी राज्य निर्माणका निम्ति समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको बताउनुभएको छ।