नेपालका बारेमा सकारात्मक प्रचार गर्न सभामुख घिमिरेको आग्रह
सभामुख देवराज घिमिरेले राष्ट्रियता फरक भएपनि मातृ तथा पितृभूमि एउटै भएका कारण नेपालीमूलका सबै नागरिकलाई नेपाली भाषा र संस्कृतिका माध्यमबाट जोड्नुपर्ने बताउनुभएको छ ।
मुख्यमन्त्री यादवको एक वर्ष तीन महिना : चौथो पटक विश्वासको मत लिने
मधेश प्रदेश सरकारको नेतृत्व अर्थात् मुख्यमन्त्रीको पदभार सम्हाल्नु भएको सरोजकुमार यादवको कार्यविधि एक वर्ष तीन महिना छ दिन मात्र भएको छ ।
कानुन कार्यान्वयन प्रभावकारी नहुँदा जनतामा निराशा : सञ्चारमन्त्री शर्मा
सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले प्रभावकारी रूपमा कानुन कार्यान्वयन हुन नसक्दा राजनीतिक व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन हुन नसकेको बताउनुभएको छ ।
सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठुलो भूमिका खेल्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठुलो भूमिका खेल्ने बताउनुभएको छ ।
२०८१ साललाई पार्टी शुद्धीकरणको वर्ष बनाऔँ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले २०८१ साललाई शुद्धीकरण सालको रूपमा बनाउनुपर्ने बताउनु भएको छ ।
एमाले हुम्लाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले लिए शपथ
दसौँ जिल्ला अधिवेशनबाट निर्वाचित भएको नेकपा (एमाले) हुम्लाको जिल्ला कमिटीले पद तथा गोपनीयता शपथ लिएको छ । आइतबार भएको निर्वाचनबाट सिङ्गो जिल्ला कमिटी मतदानबाट निर्वाचित भएको थियो ।
इलाम र बझाङबाहेकका जिल्लामा आजदेखि मतदाता नामावली दर्ता सुरु
निर्वाचन आयोगले आज (सोमबार)देखि इलाम र बझाङ बाहेकका जिल्लामा प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता सुरु गरेको छ ।
नेकपा (एस) को कदम अराजनीतिक : अध्यक्ष ओली
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कमजोर बनाउने कदम चालेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीको निर्णयमा आपत्ति जनाउनुभएको छ ।
कानुन निर्माणको रफ्तार बढाउन आवश्यक : राष्ट्रियसभा अध्यक्ष
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कानुन निर्माणको काम जुन रफ्तारमा हुनुपर्ने हो त्यसरी हुन नसकेको बताउनु भएको छ ।
नियम होइन, नियत बदल्नुपर्छ : सांसद चालिसे
यतिबेला संसदका गतिविधिमा धेरैको ध्यान केन्द्रित भएको देखिन्छ । यद्यपि अझै पनि पुरानै ढर्रा, सत्ता र प्रतिपक्षबिच घोचपेच, मनमुटाव, जुहारी र बैठक निरन्तर अबरुद्ध हुँदा संसद् र सांसदप्रति जनताको बुझाइ त्यति सकारात्मक रहेको देखिन्न ।
राष्ट्रपति पौडेल गृह जिल्लामा
राष्ट्रपति रामचन्द्र पौडेल सोमबार गृह जिल्ला तनहुँ आउनुभएको छ । व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिरका र म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटनका लागि उहाँ गृह जिल्ला आउनु भएको हो ।
विश्वविद्यालय सुधार्न मेरिटोक्रेसीको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड
प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिकरूपमा धन्यवाद व्यक्त गर्नुभएको छ ।
एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित
नेकपा (एमाले) हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित हुनुभएको छ । पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
आध्यात्मिकताले समाजको शुद्धीकरण गर्छ : मन्त्री चौधरी
आध्यात्मिकताले समाजलाई नकारात्मक असर नपर्ने अझ समाजको शुद्धीकरण गर्ने बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल वराहक्षेत्र नगरपालिका १ चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।
नेकपा एमाले संसदीय दलको बैठक बस्दै
आज सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्नेछ ।
हिउँदे अधिवेशनमा कानुन तर्जुमा न्यून
विधेयक अधिवेशनका रूपमा चिनिने सङ्घीय संसद्को हिउँदे अधिवेशनले तीन वटा मात्र विधेयक पारित गरेको छ । ७० दिन चलेको अधिवेशनबाट पारित विधेयकमध्ये दुई विधेयक अघिल्लो संसद्को कार्यकालमै माथिल्लो सदनमा उत्पत्ति भएका हुन् । आइतबार राति (१२ बजे) देखि हिउँदे अधिवेशन समाप्त भएको छ । सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिनको माग उठिरहेको विषय यथावत् नै राखेर अधिवेशन अन्त्य भएको हो ।
राष्ट्रपति पौडेल आज गृह जिल्ला तनहुँ आउनु हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ आउनु हुने भएको छ । म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र व्यास नगरपालिका–११ तनहुँसुर स्थित खड्ग कालिका मन्दिरको उद्घाटनको लागि राष्ट्रपति पौडेल आज तनहुँ आउनु हुने जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो राष्ट्रपति बिहान मन्दिर र दिउँसो गाउँपालिकाको भवन उद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ ।
बाजी मार्ने कसरतमा उम्मेदवार, जित्ने आ–आफ्नै दावी
आइतबार इलाम चोक, बजारमा आइपुग्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापित स्वर्णिम वाग्लेले आफ्नो पार्टीको चुनाव चिन्ह्मा भोट खसाल्न स्थानीयलाई आग्रह गर्नूभयो । चोक बजारका हरेक पसल र त्यहाँका पसलेसँग वाग्लेले भोट माग्दा कसैले तपाईको पार्टीको चिन्हलाई भोट दिंदैनौं भनेनन् ।
सरकारको प्रारम्भिक काम सकारात्मक छ : एमाले
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक रहेको बताएको छ ।
प्रदेश सभा सदस्य गिरीको पुनर्बहाली
सुदूरपश्चिम प्रदेश सभाका सदस्य इन्दिरा गिरीको प्रदेश सभा सदस्यमा पुनर्बहाली भएको छ । प्रदेश सभा सदस्यबाट पदमुक्त गरिएपछि उहाँले सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
कांग्रेस महामन्त्री थापासँग बाँकेका उद्योगी व्यवसायीको आर्थिक संवाद
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आइतबार बाँकेका उद्योगी, व्यवसायीसँग अहिलेको देशको आर्थिक अवस्था र त्यसमा गर्नुपर्ने सुधार लगायतका बारेमा संवाद गर्नुभएको छ।
एमाले सचिवालय बैठक जारी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक जारी रहेको छ । ललितपुर, च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालय बैठक आइतबार अपराह्न ४ बजेदेखि बसिरहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।
रासायनिक मल खरिदका लागि १५ अर्बको स्रोत सुनिश्चित
सरकारले आगामी आर्थिक वर्षका लागि १५ अर्बको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सुरु गरेको छ ।
मुख्यमन्त्रीमा उन्मुक्तिको रञ्जिता पक्षबाट कैलाश चौधरी दाबी प्रस्तुत
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबाट पार्टी प्रदेश सभा सदस्य कैलाश चौधरीले मुख्यमन्त्री पदमा दाबेदारी प्रस्तुत गर्नुभएको छ।