बाँकेबाट तीन करोडका खसीबोका बिक्री
दसैँ अवधिभर बाँके जिल्लाबाट तीन करोड रुपियाँभन्दा बढीका खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थामार्फत तीन करोड रुपियाँ बढीका खसीबोका जिल्ला बाहिर निर्यात भएका हुन् ।
पुनः निर्माणको काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनः निर्माण र पुनः व्यवस्थापनका काम अघि बढाइने बताउनुभएको छ ।
डडेलधुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो
डडेलधुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एक जनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो ।
राष्ट्रिय वाणिज्य बैङ्कको ‘किसान सरल कर्जा’ प्रोडक्ट सुरु
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले किसान सरल कर्जा प्रोडक्ट सुर गरेको छ । बैङ्कले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपियाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैङ्क कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको सुरु गरेको हो ।
विद्यालयमा लेखा विषय हटाएको भन्दै स्थानीय विरोधमा
इनरुवा नगरपालिका-९ को सरस्वती माध्यमिक विद्यालयमा तीन दशकदेखि पढाई हुँदै आएको लेखा विषय हटाउने निर्णय भएपछि अभिभावकहरू त्यसको विरोधमा उत्रेका छन् ।
नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक विक्री
साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो दक्षिण कोरियाली हान कङले लेखेका विभिन्न पुस्तकका १० लाख प्रतिभन्दा बढी पुस्तक एक हप्ताभित्रै स्थानीय स्तरमा बिक्री भएको कोरियाली पुस्तक विक्रेताले बुधबार जनाएको छ।
जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता
जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जङ्गली पन्छीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा ९बर्ड फ्लु० फेला परेको भन्दै जोखिम न्यूनिकरणका लागि राष्ट्रव्यापीरूपमा चेतावनी जारी गरिएको छ ।
धौलागिरि हिमालमा ज्यान गुमाएका पर्वतारोहीको शव सङ्कलन
म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीस्थित ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका क्रमा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव सङ्कलन गरी आधार शिविर ल्याइएको छ ।
धानखेतमा एक जना मृत फेला
कञ्चनरुप–९ स्थित रुपनगरमा पोखरेलको शव मृत अवस्थामा धानखेतमा फेला परेको हो ।
प्रहरीको समर्पणभाव प्रेरणाको स्रोत : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको सुरक्षा र मुलुकमा देखापरेका विषम परिस्थितिसंग समान गर्न नेपाल प्रहरी उच्च मनोबलका साथ खटिँदै आएको बताउनुभएको छ ।
‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’
भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका विपन्नलाई दसैँमा मासुचिउरा बाँड्नु भएको छ । उहाँले भरतपुर–१२ का दुई सय ५५ परिवारलाई दुई किलो मासु र दुई किलो चिउरा वितरण गर्नुभएको हो ।
फरार अभियुक्त ९ वर्षपछि पक्राउ
लागूऔषध मुद्दामा ९ वर्षदेखि फरार रहेका अभियुक्तलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
अपराध नियन्त्रणमा प्रहरीको महत्वपूर्ण भूमिका : प्रजिअ अर्याल
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले अपराध नियन्त्रणमा प्रहरीको महात्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
प्रहरीको काँधमा थप जिम्मेवारी : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुलुक सङ्घीयतामा गएपछि प्रहरीको काँधमा थप जिम्मेवारी थपिएको बताउनुभएको छ ।
डाक्नेश्वरी नगरपालिकामा आर्थिक अनियमितता भएको आरोप
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आर्थिक अनियमितता भएको स्थानीयवासीले आरोप लगाएको छ ।
सन्तानेश्वर मन्दिरमा धार्मिक पर्यटकको घुइँचो
बाँकेको नरैनापुर गाउँपालिका –५ वेदिहिवास्थित चुरे पहाडको चुचुरोमा अवस्थित मनोरम दृश्यसहितको सन्तानेश्वर महादेव मन्दिरमा नेपाल र भारतका धार्मिक पर्यटकको घुइँचो लागेको छ ।
नेपाल प्रहरीको भूमिका महत्त्वपूर्णः मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले देशमा शान्ति सुरक्षा कायम गर्न र विपदको समयमा नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण हुने गरेको बताउनुभएको छ ।
लोप हुँदै ऐतिहासिक सराँय नाच
गुल्मीमा ऐतिहासिक सराँय नाच लोप हुँदै गएको छ । पश्चिम क्षेत्रको गुल्मी, अर्घाखाँची,प्युठान र पाल्पाका शक्तिपिठमा दसैँको भोलीपल्टबाट सराँच नाँच्ने प्रचलन छ ।
जङ्गली हात्तीको समूहद्वारा विद्यालय भवनमा क्षति
झापामा जङ्गली हात्तीहरुको समूहले बुद्धशान्ति गाउँपालिका वडा नं. २ मा रहेको जयपुर बोर्डिङ स्कुलको भवनमा क्षति पुर्याएको छ ।
मौसम खुलेसँगै मन्थली–लुक्ला उडान सुरु
मौसम खुलेसँगै दुई दिनदेखि रोकिएको मन्थली–लुक्ला उडान पुनः सुरु भएको छ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सोमबारदेखि मन्थली–लुक्ला उडान ठप्प भएको थियो ।
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव
स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ ।
वृद्धाश्रमलाई आर्थिक सहयोग
वैदेशिक रोजगारीको क्रममा युएईमा रहेकाहरुले सङ्कलन गरेको रकम रामनदी धाम राम्दीको वृद्धाश्रमलाई हस्तान्तरण गरिएको छ ।
दसैँ मनाउन घर गएकाहरू कर्मथलो फर्किन थाले
दसैँ मनाउन जन्मथलो आएका सर्वसाधरण धमाधम कर्मथलो फर्कन थालेका छन् । विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मथलो छाडेर अन्यत्र गएकाहरु दसैँ मनाउन घर जाने गर्दछन् ।
भौतिक पूर्वाधारको अभावमा कोल्टी अस्पताल
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकामा १ कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पताल भौतिक पूर्वाधारको अभावमा रहेको छ ।