दसैँमा जोडिएको कूटनीति
नेपालका लागि अमेरिकाका राजदूत डिन रिचार्ड थम्पसनले यस पटकको दसैँमा घटस्थापनादेखि टीकाको दिनसम्मका रमाइला पलको अनुभव बटुल्नुभयो । राजदूत थम्पसन र सार्वजनिक मामिला प्रमुख माइक हार्करले नेपाली पोसाक दौरासुरुवालमा सजिएर चङ्गा उडाउन रबाफिलो रूपमा प्रस्तुत हुनुभयो । दुई जनाले उडाएको चङ्गा चुँडाउने (चेट) को प्रतिस्पर्धा हेर्न र हौस्याउन नेपालस्थित अमेरिकी दूतावासका अन्य कर्मचारी भेला भएका थिए ।
राष्ट्रपति पौडेल सुर्खेतमा
बडीमालिका तीर्थयात्राका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुग्नु भएको छ ।
पूर्वी टर्की ५.९ म्याग्निच्युडको भूकम्प
पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । अधिकारीहरूका अनुसार भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन ।
नाबालिकालाई करणी गरेको आरोपमा पाँचजना पक्राउ
बाँके प्रहरीले एक नाबालिकालाई दुई दिनसम्म होटलमा राखेर सामूहिक रुपमा करणी गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ।
बोर्डिङ पास दिएको चार घण्टामा पनि नउडाएपछि...
काठमाडौँबाट भरतपुर उड्न लागेको बुद्ध एयरले बोर्डिङ पास दिएको चार घण्टापछि पनि उडान नभएपछि यात्रुहरु अलपत्र परेका छन् ।
कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका पारित गरिने बताउनुभएको छ।
प्रहरी सङ्गठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार हुँदैछ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सङ्गठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अगाडि बढाएको बताउनुभएको छ ।
भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ
दाङमा आफ्नै भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ परेका छन् । बबई गाउँपालिका –४ हापुरेमा दाजुले भाइको पेटमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३१ बर्षीय पूर्ण तामाङलाई पक्राउ गरेको हो ।
दसैँमा २६ लाखको चामल बिक्री
ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँको अवधिमा छब्बिस लाख रुपियाँ बढीको चामल बिक्री गरेको छ।
प्रधानमन्त्री उद्धार कोषमा पौने दुई अर्ब रकम जम्मा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपियाँ रकम जम्मा भएको छ ।
खेवाङ गोल्डकपको खेल तालिका सार्वजनिक
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा आयोजना गर्न लागिएको खेवाङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ ।
ज्येष्ठ पूर्व प्रहरीलाई सम्मान
६९ औँ नेपाल प्रहरीको स्थापना दिवस स्याङ्जामा ‘साइवर सुरक्षा आजको आवश्यकता’ मूल नारासहित मनाइएको छ । कार्यक्रममा ज्येष्ठ पूर्व प्रहरीलाई सम्मान गरिएको छ ।
समाजको विविधतालाई बचाउन भाषागत समाचार जरुरी छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाई राख्न भाषाभाषीको समाचार जरुरी भएको बताउनुभएको छ।
मानिस धम्क्याउने एक नियन्त्रणमा
भरुवा बन्दुक देखाएर मानिसलाई धम्क्याउने एक जनालाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।
उपाधि घरमै राख्ने नेपालको दाबी
दक्षिण एसियाली महिला फुटबलको महाकुम्भ महिला साफ च्याम्पियनसिप बिहीबारदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।
दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा
दसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन्।
इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी
आपराधिक लाभको मुद्दामा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
रोजगार, शिक्षा र स्वास्थ्य सुनिश्चित गर्न सहिद परिवारको माग
विभिन्न कालखण्डमा सहादत प्राप्त गरेका अमर प्रहरीका परिवारले उनीहरूका सन्तानलाई प्रदान गरिने सेवा सुविधा काम भएको गुनासो गरेका छन् ।
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भगवतीको दर्शन तथा पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित् नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गर्नुभएको छ।
दुई दलको सहकार्यले राजनीतिक स्थायित्व : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थायित्वको लागि दुई दलको सहकार्य भएको र मुलुकमा स्थायित्व कायम भएको बताउनुभएको छ ।
ताप्लेजुङमा उत्कृष्ट प्रहरी पुरस्कृत
ताप्लेजुङ जिल्लामा कार्यरत उत्कृष्ट प्रहरीलाई पुरस्कृत गरिएको छ । बुधबार ६९ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट काम गर्ने प्रहरी लगायतलाई पुरस्कृत तथा सम्मान गरेको हो ।
बिपी राजमार्गको काभ्रे खण्डमा साँझदेखि बिहानसम्म सवारी चलाउन रोक
अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण क्षति पुगेको बिपी राजमार्गको काभ्रेपलान्चोक क्षेत्रभित्रको सडक खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
कप्तान लियोनल मेस्सीको ह्याट्रिकसँगै साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप छनोट खेलमा बोलिभियाविरुद्ध सानदार जित निकालेको छ ।
खुला दिलले दिएको जग्गामा कुनै लेनादेना छैन : एमाले
सरकारको नेतृत्वकर्ता नेकपा (एमाले) ले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि पार्टीका शुभेच्छुक मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट प्राप्त भएको जग्गामा कुनै किसिमको लेनादेना नभएको बताएको छ।