राष्ट्रिय वाणिज्य बैंकद्वारा ११७ जना अधिकृतलाई पूर्व सेवाकालीन तालिम
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट प्रदेशगत रुपमा छनोट भएका ११७ जना नवनियुक्त अधिकृतहरुलाई १४ दिने पूर्व सेवाकालीन तालिम बिहीबारबाट काठमाडौँमा सञ्चालन गरेको छ ।
इयूको शिखर सम्मेलनमा आप्रवासनको विषयमा बृहत् छलफल हुने अपेक्षा
युरोपेली सङ्घ (इयू) का नेताहरूले आप्रवासनसम्बन्धी नियमलाई कडा बनाउने बिषयमा बिहीबार ब्रसेल्समा हुने शिखर सम्मेलनमा छलफल गर्ने भएका छन् ।
फिल्म ‘एक्टर’ माघ १६ गतेबाट प्रदर्शनमा आउने
प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टर’को पूर्वनिर्धारित प्रदर्शन स्थगित भएको छ
मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमाः महोत्तरीबाट १०१ पाहुर जानकी मन्दिर ल्याइयो
मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइँदैछ । कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्ष पनि महोत्तरीको रतौलीबाट एक सय एक पाहुर जानकी मन्दिरमा ल्याइएको छ ।
तातोपानी कुण्डमा स्नान गर्नेको सङ्ख्यामा वृद्धि
यहाँको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न यहाँ आइरहेका छन् ।
गाजामा मानवीय सहायताका ट्रकहरूलाई अनुमति
ह्वाइट हाउसले युद्धग्रस्त क्षेत्रमा सहायताको प्रवाह नबढाएको खण्डमा सैन्य कारबाही गर्ने धम्की दिएको एक दिनपछि इजरायलले बुधबार एक विज्ञप्तिमार्फत मानवीय सामग्री बोकेका ५० ट्रक गाजा पट्टीमा प्रवेश गरेको बताएको छ ।
गाजाका बालबालिकालाई पोलियो खोपको दोस्रो डोज प्रदान
गाजाका एक लाख ५० हजारभन्दा बढी बालबालिकाले दोस्रो चरणको अभियानको पहिलो दुई दिनमा मौखिक पोलियो खोपको आवश्यक दोस्रो डोज प्राप्त गरेका छन् ।
सुनको मूल्य तोलामा छ सयले बढ्यो
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६२ हजार चार सय निर्धारण भएको छ ।
जुवातास खेलिरहेको अवस्थामा आठ जना नियन्त्रणमा
मकवानपुर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगदसहित आठ जनालाई नियन्त्रणमा लिएको छ ।
गौशाला धर्मशाला विवाद : पर्यटनमन्त्रीद्वारा परिषद् बैठक आह्वान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गर्नुभएको छ । साथै उहाँले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिनुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा बडीमालिकाको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गर्नुभएको छ ।
धान भित्र्याउने चटारो
काठमाडौँ, कात्तिक १ गते । बडादसैँ सकिएसँगै मकवानपुरको चित्लाङमा धान भित्र्याउन खेतमा व्यस्त किसान । तस्बिरः रासस
‘खाँ पिहाँवइगु जात्रा’ सम्पन्न
विजयादशमीको अवसरमा मध्यपुर थिमिमा मनाइने ‘खाँ पिहाँवइगु जात्रा’ सम्पन्न भएको छ । युद्धको झझल्को दिने सो जात्रामा सेतो वस्त्र, जामा लगाएका, ढाल, तरबार र खड्ग भिरेका, फलामबाट निर्मित सिक्रीजडित टोपी लगाएकाले युद्ध परेड खेलेर
गुल्मीका दुई स्थानीय तहमा आज सार्वजनिक बिदा
गुल्मीका दुई स्थानीय तहले आज (बिहीबार) सार्वजनिक बिदा दिएका छन् । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये यहाँका दुई गाउँपालिकाले कोजाग्रत पूर्णिमाको अवसर पारेर सार्वजनिक बिदा दिएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा
यान्चोक लघु उद्यम महिला सङ्घमा आबद्ध यहाँका महिला फूल उत्पादनमा जोडिएका हुन् । पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ पुगेको बताइएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित
जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् ।
यार्चागुम्बा: भरपर्दो आयस्रोत
कुनै पनि देशको चौतर्फी विकासका लागि विपुल सम्भावनाको व्यावहारिक उपयोग गर्न नितान्त आवश्यक छ । यस सन्दर्भमा वनस्पति पनि महìवपूर्ण सम्भावना भएको एक क्षेत्र हो । यसको के कति महìव छ भन्ने कुरा यार्चागुम्बाको उच्च बजार, मूल्य र भागबाट प्रस्ट हुन्छ ।नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । यहाँ विभिन्न किसिमका जडीबुटी पाइन्छन्, जसमध्ये यार्सागुम्बा पनि एक हो । यसलाई छोटकरीमा यार्चा भनिन्छ, जसको स्वरूप आधा वनस्पति र आधा किरा जस्तो हुन्छ । यो जाडोमा किरा र गर्मीमा घाँस बन्छ । त्यसैले यसलाई एक अनौठो प्रजातिको मिश्रित जीव मानिन्छ ।झन्डै दुई शताब्दीअघि चीनका तियान भन्ने व्यक्तिले यार्चागुम्बालाई सर्वप्रथम एक शक्तिवर्धक जडीबुटीका रूपमा प्रमाणित गरेका थिए । त्यसपछि विश्वका केही देशमा यसको सेवन बिस्तारै बढ्न थाल्यो र केही वर्षपछि यसलाई एक महँगो जडीबुटीका रूपमा मान्न थालियो । विशेषतः यार्चागुम्बाको खास बजार हङकङ र ताइवान हो तर हाल सिङ्गापुर र तिब्बतमा पनि यसको व्यापार बढ्न थालेको छ । यसको माग विश्वभरि नै दिनदिनै बढिरहेको छ । विशेष गरी यो नेपाल, भुटान र चीनका केही प्रान्तमा पाइन्छ ।नेपालको हिमाल र पहाडी जिल्लाको ठन्डा ठाउँ र लेकमा यो पाइन्छ । खास गरी जुम्ला, मुगु, डोल्पा, मुस्ताङ, म्याग्दी, दार्चुला, बझाङ, रसुवा, गोर्खा, रुकुम र लमजुङमा यो पाइने हुनाले यी जिल्लामा प्रत्येक वर्ष हजारौँ व्यक्ति यार्चागुम्बा सङ्कलनका लागि जम्मा हुन्छन् । केही दशकयता यो जडीबुटी स्थानीय व्यक्तिका लागि मात्र नभई यसको व्यापार गर्ने व्यक्तिका लागि पनि एक भरपर्दो आयस्रोत बनेको छ ।नेपालमा यार्चागुम्बा वैशाखदेखि साउनसम्म सङ्कलन गरिन्छ तर यो काम सोचे अनुरूप सहज छैन । एकातर्फ यसको पहिचान गर्न सजिलो छैन भने अर्कातर्फ एक किलो यार्चागुम्बा जम्मा गर्न सात÷आठ जनालाई सरदर एक महिना लाग्छ । यसका लागि धेरै परिश्रम र धैर्य चाहिन्छ । नेपाल अति कम विकसित राष्ट्र भएकाले यहाँका हिमाली र पहाडी जिल्लामा गरिबी जताततै व्याप्त छ । सरकारले गरिबी न्यूनीकरणका लागि केही प्रयास गरे पनि आजसम्म पनि यहाँका जनतालाई जीविकोपार्जन गर्न कठिन छ । यसै सन्दर्भमा यार्चागुम्बा सङ्कलनले यहाँका जनतालाई जीविकोपार्जन गर्न केही सघाएको छ ।केही वर्षयता हिमाली तथा पहाडी जिल्लामा प्राथमिक तथा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीसमेत यार्चागुम्बा सङ्कलनमा संलग्न हुन थालेका छन् । फलतः यी जिल्लामा विद्यालय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसबारे सरकारको लगानी केही मात्रामा भए पनि खेर गए पनि स्थानीय जनताको जीवनयापनका लागि आवश्यक भएको छ । प्रत्येक वर्ष यार्चागुम्बा सङ्कलन गर्न जाने व्यक्तिले खाने र बस्ने समस्या सामना गर्नु परेको छ । तसर्थ उनीहरूमध्ये केही बिरामी हुन्छन् भने केही अकालमा मर्छन् । अन्तर्राष्ट्रिय बजारमा यार्चागुम्बाको माग तीव्र रूपले बढेकाले यसको मूल्य पनि निकै नै बढेको छ तर सबै यार्चागुम्बाको गुणस्तर समान नहुनाले सबैको मूल्य समान हुँदैन । गुणस्तरको एक किलो यार्चागुम्बा अन्तर्राष्ट्रिय बजारमा १० लाख रुपियाँसम्ममा बिव्रmी हुन्छ । यसले व्यक्ति तथा देशलाई धेरै फाइदा हुन्छ ।नेपालको यार्चागुम्बा खास गरी ताइवान, हङकङ, सिङ्गापुर र तिब्बतमा निर्यात गरिन्छ तर विगतमा यसलाई तिब्बतमा निर्यात गर्दा बढी फाइदा भएको थियो किनभने नेपालमा प्राप्त हुने यार्चागुम्बाको मूल्य अन्य देशको तुलनामा केही बढी छ ।यार्चागुम्बालाई बहुउपयोगी जडीबुटी मानिए पनि यो कुन कुन कामका लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा आजसम्म पनि कुनै पनि देशमा अनुसन्धान गरिएको पाइँदैन । यद्यपि केही वर्षयता आयुर्वेदमा यसको प्रयोग बढेकाले अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य बढेको हो तर भविष्यमा यसको उपयोगिताबारे अध्ययन अनुसन्धान गर्न नितान्त आवश्यक छ । यसका लागि सम्बन्धित पक्षको ध्यानाकृष्ट हुनु जरुरी छ ।केही वर्षअघि नेपालका हिमाली तथा पहाडी जिल्लामा प्रशस्त मात्रामा यार्चागुम्बा पाइन्थ्यो तर पछिल्ला वर्षमा जलवायु परिवर्तन तथा अवैज्ञानिक तरिकाले सङ्कलन गर्नाले यी जिल्लामा यार्चागुम्बाको उत्पादन घट्न थालेको छ । केही जिल्लाका केही ठाउँमा त सङ्कलन गर्न जाने धेरै व्यक्ति रित्तो हात पनि फर्कनु परेको छ । त्यसैले भविष्यमा यार्चागुम्बा सङ्कलनकर्तालाई सम्बन्धित स्थानीय निकायमार्फत वैज्ञानिक तरिकाबाट सङ्कलन गर्ने ज्ञान दिन आवश्यक छ । अन्यथा उक्त जडीबुटी बिस्तारै लोप हुँदै जान सक्छ ।आज विश्वको अर्थतन्त्र शिथिल अवस्थामा छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा विश्व अर्थतन्त्रको वृद्धिदर न्यून रहने र सन् २०२४ मा केही सुधार हुने प्रक्षेपण गरेको छ तर केही समयअघि रुस र युव्रmेनबिच भएको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि एवं आपूर्तिमा कमी जस्ता कारण मुद्रास्फीति उच्च रहनुका साथै बैङ्कको ब्याजदर वृद्धि हुनाले विश्व अर्थतन्त्रको वृद्धिदर सुस्त नै छ ।निःसन्देह विश्व अर्थतन्त्रले झेल्दै आएको उच्च मुद्रास्फीतिको स्थितिमा केही सुधार नभएको होइन । यद्यपि कर्जाको मूल्यमा अनिश्चितता, रुस र युव्रmेनबिच जारी रहेको युद्ध आर्थिक मन्दीको सामना गर्न नीतिगत लचकताका कारण भविष्यमा विश्वमै मुद्रास्फीति बढ्न सक्ने जोखिम अझ पनि छ । आजसम्म विश्व अर्थतन्त्रमा मुद्रास्फीति उच्च रहेको र विद्यमान भूराजनीतिक तनावका कारण इन्धन तथा अन्य वस्तुको मूल्यवृद्धि अझसम्म पनि कायमै छ । यसबाट विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव परेकाले नेपाल पनि अछुतो रहन सकेको छैन । यहाँको अर्थतन्त्रमा सुधार ल्याउन यार्चागुम्बा जस्ता जडीबुटीको उपयोगले महìवपूर्ण भूमिका खेल्न सक्छ । यथार्थतः यार्चागुम्बा नेपालको सम्पत्ति हो । यसबाट यहाँको अर्थतन्त्रमा केही योगदान पुग्ने हुनाले यसको संवर्धन तथा प्रवर्धन गर्न नितान्त आवश्यक छ, जसका लागि सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।
माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी
गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुर्ख्याैली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै परिवार माटोको भाँडा बनाउँछौँ, हाम्रा बाजेहरूले पहिलेदेखि बनाउँदै यही काम गर्दै आउनुभएको हो । पुख्र्यौली पेसा हो अहिले पनि यही भाडाँकुडा बनाएरै घरखर्च पुगेको छ, आम्दानीको स्रोत नै यही हो ।”
मन्थलीका होटल भरिभराउ
शरद् ऋतु पर्यटकका लागि उपयुक्त समय हो । यही बेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीय स्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन् । यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिवरसम्म भ्रमणका लागि निस्किएका विदेशी पर्यटकहरूको लाम देखिन्छ तर मौसम सधैँ एकनास हुँदैन ।
बिपी कोइराला मेमोरियल कप भैरहवामा हुने
बिपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पाँच देशका प्रथम श्रेणीका खेलाडीको सहभागितामा प्रतियोगिता आयोजना हुन लागको हो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७० पैसा कायम भएको छ ।
भाग्यमानी नोबेल विजेता
नोबेल पुरस्कार विश्वकै प्रतिष्ठित र सम्मानित अन्तर्राष्ट्रिय पुरस्कार हो । यो पुरस्कार पाउने व्यक्ति तथा संस्थाको सान र मान उच्च रहन्छ । स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले सन् १८९५ मा आफ्नो अथाह सम्पत्तिबाट अक्षयकोष खडा गरी नोबेल पुरस्कार स्थापना गर्नुभएको हो ।छ विधामा दिइने यस वर्षको नोबेल पुरस्कार घोषणा गरिएको छ । यो पुरस्कारमा उत्तर अमेरिकी महादेशको वर्चस्व छ । यस पटक नौ जना अमेरिकी नागरिकले यो पुरस्कार पाउने भएका छन् । अर्का एक जना क्यानडेली नागरिकले पनि यो पुरस्कार पाउँदै छन् । त्यसै गरी एसिया महादेशमा एक व्यक्ति र एक संस्थालाई नोबेल पुरस्कार प्राप्त हुने भएको छ । दक्षिण अमेरिका, युरोप, अफ्रिका र अस्ट्रेलिया महादेशबाट यस पटक कसैलाई पनि यो पुरस्कार प्राप्त नहुने भएको छ । नोबेल पुरस्कार विश्वकै प्रतिष्ठित र सम्मानित अन्तर्राष्ट्रिय पुरस्कार हो । यो पुरस्कार पाउने व्यक्ति तथा संस्थाको सान र मान उच्च रहन्छ । स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले सन् १८९५ मा आफ्नो अथाह सम्पत्तिबाट अक्षयकोष खडा गरी नोबेल पुरस्कार स्थापना गर्नुभएको हो । त्यसपछि सन् १९०१ देखि विभिन्न विधामा उत्कृष्ट व्यक्ति तथा संस्थालाई नोबेल पुरस्कार दिन थालियो । सुरुमा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तिका लागि यो पुरस्कार दिने व्यवस्था गरिएको थियो । सन् १९६८ देखि अर्थशास्त्रमासमेत यो पुरस्कार दिन थालियो । यी पुरस्कारस्वरूप विजेतालाई स्वर्णपदक, प्रमाणपत्र र १० लाख डलर प्रदान गरिन्छ । नोबेलले जीवनकालमा ३५५ वटा आविष्कार गर्नुभयो, जसमा सन् १८६७ मा गरेको डायनामाइटको आविष्कार पनि हो । नोबेललाई डायनामाइट तथा यसप्रकारका विज्ञानका विध्वंसक शक्तिबारे पूरै ज्ञान थियो । विज्ञानको दुरुपयोग हुन्छ कि भन्नेमा उहाँ चिन्तित हुनुहुन्थ्यो । मर्ने बेला उहाँले विज्ञानकोे दुरुपयोग नहोस् भनी यो पुरस्कार स्थापना गर्नुभयो । सन् १८९६ को डिसेम्बर १० मा उहाँको निधन भयो । सन् १८९५ मा उहाँले इच्छापत्र तयार पार्न लगाई आफ्नो सम्पत्तिबाट अक्षयकोष खडा गर्नुभयो । उहाँको इच्छा अनुसार यस अक्षयकोषको ब्याजले प्रत्येक वर्ष मानवजातिको कल्याणका निम्ति कार्य गर्ने व्यक्ति वा संस्थालाई पुरस्कृत गरिन्छ । पहिलो नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडव्रmसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेन्च पिस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसीलाई संयुक्त रूपमा दिइएको थियो ।नोबेल शान्ति पुरस्कार देशहरूबिच भाइचारा प्रवर्धन गर्न, सैन्य तनाव हटाउन वा घटाउन र द्वन्द्व निवारण गर्ने उद्देश्यले शान्ति भेला गर्ने वा त्यसलाई प्रवर्धन गर्ने व्यक्ति तथा संस्थालाई प्रदान गरिन्छ । विगत १२ महिनामा मानवजातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्ति वा संस्था ती पुरस्कारबाट सम्मानित हुन्छन् ।सन् १९०१ देखि गत वर्षसम्म ६१५ पटक कुल ९८९ व्यक्ति र संस्थालाई नोबेल पुरस्कार प्रदान गरिएको छ । केहीले एकभन्दा बढी पटक नोबेल पुरस्कार पाएका छन् । त्यस हिसाबमा कुल ९५४ व्यक्ति र २७ संस्थाले नोबेल पुरस्कार पाइसकेका छन् । यो पुरस्कार पाउने महिलाको सङ्ख्या ६३ पुगेको छ ।फ्रान्सकी मरी क्युरी दुई पटक यो पुरस्कार पाउने एक मात्र महिला वैज्ञानिक हुनुहुन्छ । उहाँले सन् १९०३ मा भौतिकशास्त्र र सन् १९११ मा रसायनशास्त्रका लागि यो पुरस्कार पाउनुभयो । नोबेल पुरस्कार पाउने व्यक्ति वा संस्था कतिपयले पाएको पुरस्कार राशि मानवीय सहयोगको क्षेत्रमा खर्च गरेका छन् भने कतिपयले निजी प्रयोजनका लागि पनि खर्च गरेको पाइएको छ । नोबेल बिजेता कतिपयले भने पुरस्कार लिन अस्वीकार पनि गरेका छन् । मरी क्युरीले सन् १९०३ मा भौतिकशास्त्रतर्फ पाएको नोबेल पुरस्कार रकम थप वैज्ञानिक अनुसन्धानमा प्रयोग गर्नुभयो । सन् २००६ मा भौतिकशास्त्रतर्फको पुरस्कार पाएका जोन माथरले उक्त रकम आफ्नो फाउन्डेसनलाई दान दिनुभयो । सन् १९९३ मा बेलायतका वैज्ञानिक रिचर्ड रोबर्ट्सले चिकित्साशास्त्रमा पाएको रकम ‘व्रmोके लन’ का लागि खर्च गर्नुभयो भने उहाँसँगै पुरस्कार पाएका फिलिप सार्पले सय वर्ष पुरानो घर किन्नुभयो । सन् २००१ मा चिकित्साशास्त्रतर्फ पुरस्कार हात पारेका सर पोल नर्सले आफ्ना लागि एउटा महँगो मोटरसाइकल किन्नुभयो । सन् २००६ मा साहित्यतर्फका विजेता ओर्हान पामुकले इस्तानबुलमा एउटा सङ्ग्रहालय स्थापना गर्नुभयो । स्वतन्त्र रुसी पत्रिका नोभया गजेटाका प्रधान सम्पादक दिमित्री मुरातोभले आफ्नो नोबेल शान्ति पुरस्कारको पदकलाई लिलाम गरी त्यसबाट प्राप्त रकम युद्धबाट विस्थापित युव्रmेनी बालबालिकालाई सहयोग गर्नुभयो ।भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार स्विडेनको स्टकहोममा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ । त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँच सदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ । नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ । उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृति दिवस पर्छ ।चर्चित विजेतासन् १९०१ मा रेडव्रmसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेन्च पिस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसी (सन् १९०१), पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा (सन् २००९) र जिमी कार्टर (सन् २००२), युरोपेली सङ्घ (सन् २०१२), संयुक्त राष्ट्रसङ्घ र तत्कालीन महासचिव कोफी अन्नान (सन् २००१) मदर टेरेसा (सन् १९७९), मलाला युसुफलाई (सन् २०१४) लाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । मलाला यो पुरस्कार पाउँदा १७ वर्षकी हुनुहुन्थ्यो ।यस वर्षका नोबेल विजेता चिकित्साशास्त्रयस वर्षको चिकित्साशास्त्रको नोबेल पुरस्कार ‘माइव्रmोआरएनए’ पत्ता लगाउने दुई अमेरिकी वैज्ञानिकलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कुनलाई संयुक्त रूपमा यो पुरस्कार दिने घोषणा गरेको हो । उहाँहरूलाई माइव्रmोआरएनएको आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि पुरस्कृत गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ ।अहिलेसम्म ११४ जनाले चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाएका छन् । गत वर्ष यो पुरस्कार एमआरएनए कोभिड खोप निर्माण गर्न बाटो खोलिदिने प्रविधि विकास गर्ने दुई वैज्ञानिक काटालिन कारिको र ड्रु भाइस्मानले पाउनुुभएको थियो । भौतिकशास्त्रयस वर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) सम्बन्धी अनुसन्धानका लागि दुई वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन् । अमेरिकी वैज्ञानिक जोन जे हप्फिल्ड र ब्रिटिस क्यानडेली कम्युटर वैज्ञानिक जेफ्री ई हिन्टनलाई ‘आर्टिफिसिएल न्युरल नेटवर्कमार्फत मेसिन लर्निङलाई सक्षम बनाउन आधारभूत खोज तथा आविष्कार गरेकोमा’ उक्त पुरस्कार दिने निर्णय गरिएको हो । भौतिकशास्त्रतर्फ अहिलेसम्म २२४ जनाले नोबेल पुरस्कार पाएका छन् ।हप्फिल्ड अमेरिकको प्रिन्स्टन युनिभर्सिटीमा र हिन्टन क्यानडास्थित युनिभर्सिटी अफ टोरन्टोमा प्राध्यापन गर्नुहुन्छ । गत वर्ष सूक्ष्म कालखण्ड पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो । वैज्ञानिकहरू पिएर एगोस्टिनी, फेरेन्ट्स व्रmाउस र एन लहुलिएले पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रयोगात्मक प्रव्रिmया पत्ता लगाउनुभएको हो । ‘क्वान्टम मेकानिक्स’ सबैभन्दा सानो मात्रामा प्रकृतिको वर्णन गर्ने विज्ञान हो ।रसायनशास्त्रयस वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन् । वासिङ्टन विश्वविद्यालयका डेभिड बेकरलाई ‘कम्प्युटेसनल प्रोटिन डिजाइन’ का निम्ति र गुगल डिप माइन्डका डेमिस हसाबिस तथा जोन एम जम्परलाई ‘प्रोटिनको स्ट्रक्चर प्रेडिक्सन’ का निम्ति पुरस्कार दिइने भएको हो । रसायनशास्त्रतर्फ अहिलेसम्म ११६ पटक नोबेल पुरस्कार दिइएकोमा सन् १९०१ देखि २०२४ सम्ममा १९७ जनाले यो पुरस्कार पाएका छन् । दुई जना वैज्ञानिक दुई÷दुई पटक पुरस्कृत भएका छन् । गत वर्ष यो पुरस्कार क्वान्टम डट्समा खोज र अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई दिइएको थियोनोबेल पुरस्कार समितिले वैज्ञानिकहरू मौन्गी जी बावेन्डी, लुइस ब्रुस र अलेक्सी एकिमोभलाई रसायनशास्त्रतर्फको पुरस्कार दिने घोषणा गरेको थियो । बावेन्डी म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) सँग आबद्ध हुनुहुन्छ भने ब्रुस कोलम्बिया विश्वविद्यालयसँग र एकिमोभ न्यानोव्रिmस्टल टेक्नोलोजी इन्क न्युयोर्कमा आबद्ध हुनुहुन्छ । उहाँहरूले धेरै चम्किलो रङ्गीन प्रकाश उत्सर्जन गर्ने साना कणमा अनुसन्धान गर्नुभएको छ । क्वान्टम डट्स टेलिभिजन, एलइडी बत्ती, मेडिकल इमेजिङलगायतमा प्रयोग हुने गरेको छ ।साहित्ययस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी साहित्यकार हान काङलाई प्रदान गरिने भएको छ । उहाँ साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने १८ औँ महिला बन्नुभएको छ । नोबेल पुरस्कार समितिका अनुसार ‘ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्साउने उहाँका चरम काव्यात्मक गद्यका लागि’ उहाँलाई पुरस्कार दिइएको हो ।५३ वर्षीय आख्यानकार हानले ‘दी भेजिटेरिअन’ नामक उपन्यासका निम्ति सन् २००७ मा ‘म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार’ प्राप्त गर्नुभएको थियो । सन् १९०१ देखि २०२४ सम्म साहित्यतर्फ यो पुरस्कार ११७ पटक प्रदान गरिएको छ भने यसबाट १२१ जना साहित्यकार पुरस्कृत भएका छन् ।गत वर्ष यो पुरस्कार नर्वेका लेखक युन फोसालाई प्रदान गरिएको थियो । पुरस्कार समितिका अनुसार ‘व्यक्त गर्न नसकिने कुरालाई उहाँले नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले’ फोसालाई पुरस्कार दिइएको थियो । फोसाले आफ्नै शैलीमा उपन्यास लेख्ने गर्नुहुन्छ । उहाँको शैलीलाई ‘फोसा मिनिमलिजम’ को संज्ञा दिइएको छ । उहाँका ४० वटा नाटक, कैयौँ उपन्यास, निबन्ध, बालबालिकाका पुस्तक र अनुवाद प्रकाशित छन् ।शान्तियस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था ‘निहन हिडन्क्यो’ लाई प्रदान गरिने भएको छ । ‘निहन हिडन्क्यो’ दोस्रो विश्वयुद्धका व्रmममा जापानको हिरोसिमा र नागासाकीमा खसालिएका आणविक बमका पीडितको संस्था हो । नोबेल पुरस्कार समितिले ‘विश्वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुनः कहिल्यै प्रयोग गर्नु हुँदैन भन्ने प्रदर्शन गरेकाले’ उक्त संस्थालाई पुरस्कृत गर्न लागिएको बताएको छ । सन् १९०१ देखि २०२४ सम्ममा १०५ पटक यो पुरस्कार प्रदान गरिएकामा १११ जना व्यक्ति तथा २८ वटा संस्था पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा १९ जना महिला छन् । गत वर्ष यो पुरस्कार इरानी मानव अधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइएको थियो । इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानव अधिकार प्रवर्धनमा लागेको भन्दै उहाँलाई यो पुरस्कार दिइएको हो । अर्थशास्त्रअर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार अमेरिकाका तीन जना अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिच्युटका साइमन जोन्सन र सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । उहाँहरूलाई ‘संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनका निम्ति’ पुरस्कृत गर्न लागिएको समितिले जनाएको छ । यस विधामा अहिलेसम्म ५६ पटक पुरस्कार दिइएकोमा ९६ जना पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा तीन जना महिला छन् । सन् १९६८ देखि यस विधामा पुरस्कार दिन थालिएको हो । गत वर्ष यो पुरस्कार अमेरिकी आर्थिक इतिहासकार तथा श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई श्रम बजारमा महिलाले पु¥याएको योगदानबारे विशिष्ट अध्ययन गरेकामा प्रदान गरिएको थियो, उहाँ हार्वर्ड विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ ।