बिक्नै छाडे सारङ्गी, गन्धर्व समुदायको पहिचान सङ्कटमा
कुनै बेला गाउँका अधिकांश गन्धर्व समुदायले सारङ्गी बजाउँथे । त्यही सारङ्गीका भरमा विभिन्न गाउँमा पुगेर गीत गाउँथे र परिवारको जीविका चलाउँथे ।
महिला साफ : नेपाललाई भुटानसँग अपराजित रहने चुनौती
यसअघि साफको ६ संस्करणमा नेपालले चारपटक भुटानसँग खेलेको थियो । जसमा नेपालले सतप्रतिशत जित निकालेको थियो ।
पुल नहुँदा सास्ती
बङ्गलाचुली गाउँपालिकाका विभिन्न वडाका स्थानीयलाई खोलामा पुल नहुँदा समस्या हुने गरेको छ ।
साल्दाङ उपत्यकामा चरिचरण गर्दै चौँरी
शे फोक्सुण्डो गाउँपालिका–३ स्थित प्रशासकीय केन्द्र रहेको साल्दाङ उपत्यकामा चरिचरण गर्दै चौँरी ।
गाउँपालिकाको पर्यटकीय स्थलबाट एक करोड सत्ताइस लाख आम्दानी
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलबाट चालु आर्थिक वर्षको सुरुमै एक करोड २७ लाख ६३ हजार रुपियाँ आन्तरिक आम्दानी गरेको छ ।
तालवाराही मन्दिर पुनर्निर्माण
फेवातालको मध्यभागमा रहेको प्रसिद्ध तालवाराही मन्दिरको पुनर्निर्माण भइरहेको छ । २०७२ सालको भूकम्पले तीनतले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि पुनर्निर्माण गर्न लागिएको हो ।
मेची–महाकाली उद्धार यात्राः कोशी प्रदेशमा ४४ जनाको उद्धार
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा भएको उद्धार यात्रामा कोशी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी ४४ जनाको उद्धार गरिएको हो ।
नगरपालिकाको फोहोर काली किनारमा
बेनी नगरपालिकाले बजार क्षेत्रमा सङ्कलन गरेको फोहोर व्यवस्थापन गर्ने डम्पिङसाइट व्यवस्थित नहुँदा कालीगण्डकी नदीका जलचरलाई समस्या भएको छ ।
स्याब्रु नृत्य प्रस्तुत गर्दै स्थानीयवासी
शे फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र साल्दाङमा स्याब्रु नृत्य प्रस्तुत गर्दै स्थानीयवासी । स्याब्रु यहाँको मौलिक नाच हो ।
म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन् ।
मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज
जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी मनले भन्नुहुन्छ– “बस्ती सबै रित्तो भो, जताततै वनमाराले राज गरेको छ ।”
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
टी-२० महिला विश्वकप : दक्षिण अफ्रिका फाइनलमा
दुबई इन्टरनेशल क्रिकेट मैदानमा बिहीबार राति भएको पहिलो सेमिफाइनल खेलमा ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई आठ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
काठमाडौँ फर्कने यात्रुको चाप अधिक
सर्लाहीमा दसैँ मनाएर सङ्घीय राजधानी काठमाडौँ फर्कनेको चाप बढेको छ । यहाँबाट काठमाडौँ जाने रात्रिबस तथा दिउँसो चल्ने अन्य साना सवारीमा यात्रुको अत्यधिक चाप छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले टीकाको भोलिपल्टदेखि काठमाडौँ फर्कने सवारीमा यात्रुको चाप बढेको जनाएको छ ।
भान्साको सकस कायमै
चाडपर्वको समयमा दैनिक उपभोग्य सामग्रीमा अत्यधिक मूल्यवृद्धि हुने परम्परा जस्तै भइसकेको छ ।
अमेरिकालाई नेपालले दियो एक सय ६५ रनको लक्ष्य
टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि अमेरिकालाई एक सय ६५ रनको लक्ष्य दिएको छ ।
जनविश्वास बढाउने आधार
कुनै पनि देशका लागि सरकार भनेको प्रमुख अभिभावक हो । चाहे देश सानो होस् या ठुलो, जनताले हरेक अर्थमा सरकारबाट संरक्षणको अपेक्षा गरेका हुन्छन् । आफ्ना आवश्यकता परिपूर्ति गर्ने सन्दर्भमा सरकारको भूमिका चाहेका हुन्छन् ।
अकबरेबाट लोभलाग्दो आम्दानी
घर वरिपरि लटरम्म फलेको अकबरे खुर्सानी । देख्नेलाई टपक्क टिपौँ र खाउँ जस्तो लाग्छ तर अकबरेको पिरो सहन जोकोहीलाई त्यति सहज हुँदैन । हदैसम्मको पिरो हुने अकबरेको गुन भने यो चाख्नेले नै अनुभव गरिरहेका हुन्छन् । त्यसैले यसको बिउको माग अधिक बढेको छ ।
नेपालको कृषि क्षेत्रमा लगानी गर्न मन्त्री अधिकारीकाे आग्रह
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च —२०२४को उच्चस्तरीय उद्घाटन सत्र सहित विभिन्न बहुपक्षीय बैठकमा सहभागी हुनुभएको छ ।
पर्यटन प्रवर्धनमा हवाई सेवा
हिमाली देशका रूपमा परिचित नेपाल संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुकमध्ये एक हो ।
मकवानपुरको न्हुलगाउँ
मकवानपुर जिल्लाको थाहा नगरपालिका १० स्थित न्हुलगाउँका घर ।
अर्थतन्त्र विकासको मार्ग
वित्तीय क्षेत्रको औपचारिक सुरुवात भएको करिब नौ दशक भएको छ ।
दुर्घटनामा भारतीय नागरिकको मृत्यु
झापाको बिर्तामोडमा सवारी दुर्घटनामा परेर एक भारतीय नागरिकको ज्यान गएको छ ।